नेपाल र नेपालीलाई अाफ्नै वरिपरि कुदाई राख्ने विदेशी चाल – भरत दाहाल

२०७५ श्रावण १९ गते, शनिबार

एउटाले भन्छ- स्वतन्त्र न्यायपालकिा सकियो। अर्काले भन्छ- संसदको सर्वोच्चता कायम भयो। तेश्रोले भन्छ- संसदीय समितिको निर्णय नैतिक दबाब हो, जोशी विदामा बस्नु राम्रो। जोशीले भन्छन- मैले जागिर खाईरहन्छुँ। मैले भन्छुँ- जुन दिन इण्डियनहरुले लेखेर दिएको १२ बुँदे कागजमा काठमाडौंबाट जम्मा भएका दलालहरुले सहि गरे र राज्य प्रणालिमा झोलेवाद पस्यो, त्यहि दिन सबै सकिएको हो। नागरीकता, संघीयता, लोकमान, पराजुली, गोबिन्द केसी, दीपकराज जोशी जस्ता मुद्दाहरु १२ बुँदे कार्यान्वयनका कडि मात्र हुन्।
यहाँका सांसदहरु को हुन् ?- मिशनरीका चाटुकार। एनजिओका झोले। बहुराष्ट्रिय कम्पनीका कर्मचारी। देश लुटेर कुलिन बनेका भ्रष्टाचारी। विदेशीलाई सूचना बेच्ने सुराकि। देशको अस्मिता बेचेर राज गर्ने दानव ।
यहाँका न्यायाधिश को हुन् ?- नक्कलि प्रमाणपत्रधारीहरु। तस्करहरुका मुक्तिदाता। लागु औषधि कारोबारीका न्यायमूर्ति। कमिशनखोर, भूमाफिया, एनसेल, गोपाल खड्का र चुडामणीहरुका सुरक्षा कबच। न्यायको बहस गर्ने वकिलहरु को हुन् ?- दलको इकाई समितिका झोले, चुडामणी, गोरे र एनसेलका फाईल बोक्ने भरीया। कालोलाई सेतो भनेर पुर्पक्ष गर्ने कुतर्किहरु।
यो नेपाललार्इ कतै पनि पुग्न नदिने र नेपालीहरुलाई अपराधि झुण्डहरुका वरिपरि कुदाई राख्ने विदेशी चाल हो। यो प्रहसन नेपालमा केहि पनि हुँदैन, यस्तै हो भन्ने मनोविज्ञान बनाउने विदेशी डिजाईन हो। यो अपराधिहरुका बीचमा कुकुर झगडा गराएर अर्को घात लगाउने साम्राज्यवादी योजना हो।
स्वास्थ्य र सर्वोच्चको नक्कलि वितण्डाभित्र खेलेर तराईमा पठार्इएका इण्डियनहरुलाई नागरीकता बाँड्न लगाउने र कथित प्रबुद्ध समूलले तयार पारेकाे भनिएकाे रीपाेर्टलार्इ अाफ्नाे अनुकूल अनुमाेदन गराउने इण्डियन तयारी तिब्र रुपमा अघि बढेको छ। तिब्बतियन शरणार्थिहरूलार्इ नागरीकता सरहकाे अाैपचारीक परिचयपत्र दिलाउने पश्चिमा दबाब घनिभूत भएकाे छ। हामीहरू राज्य र दलाल शासक वर्गकाे काे चरित्र के हाे भन्ने बहसमा लागाैं

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु