नेपाल-भारत सीमा नाका दुई दिनका लागि बन्द

२०७१ भाद्र २६ गते, बिहीबार


काठमाडौँ , २६ भदौ । आगामी शनिबार छिमेकी राष्ट्र भारतमा हुन लागेको विधानसभा उपनिर्वाचनकालागि आजबाट नेपाल–भारत सीमा दुई दिनका लागि बन्द गरिने भएको छ । बर्दिया जिल्लाको जमुनिदेखि कोठियाघाटसम्मको नेपाल भारत सीमा आज बेलुका ५ बजेदेखि २८ गते बेलुका साढे ६ बजेसम्मका लागि बन्द हुने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
भारतको उत्तरप्रदेशअन्तर्गत बहराईच जिल्ला अधिकारी र बर्दियाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकाय प्रमुखबीच भएको बैठकले सीमा बन्द गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु