नेपाल- भारत सिमानामा पर्खाल लगाउनु पर्छ – हस्तवहादुर केसी

२०७३ फाल्गुन ३० गते, सोमबार

नेपाल र भारत स्वतन्त्र रुपमा अस्तित्वमा अाएदेखि सिमाना खुला रहिअाएको छ । यी देशबिच सिमाना खुला रहदै अाएका कारण विस्तारवादी लुट्यारा भारतीय शासकहरुलाई मनपर्दि रुपमा नेपालमाथि ज्यादति गर्न , सिमाना अतिक्रमण गर्न,नेपालको जमीन कब्जा गर्न,जंगे पिलरहरु भत्काएर गायप पार्न,सशस्त्र फौज नेपालभित्र पसेर जनतामाथि ज्यादति गर्न, भारतीय अपराधिहरु नेपाल भित्र पसेर अपराधिक गतिविधि सञ्चालन गर्न र भारती सशस्त्र फौज नेपाली भूमिमा प्रवेश गरेर गोविन्द गौतम जस्ता होनहार देशभक्त सपुतहरुको गोली ठोकेर हत्या समेत गर्न सजिलो हुदै अाएको छ ।
यस प्रकारका ज्यादतिहरु भारतीय विस्तारवादी शासकहरुले सजिलै सम्पन्न गर्नमा सैयौ वर्षदेखि दुबैदेशकाबिच सिमाना खुला रहदै अाउनु मुख्य कारण बन्दै अाएको छ ।
यस प्रकारका भारतीय विस्तारवादी शासकहरुबाट सजिलै नेपाल प्रति हुने ज्यादतिहरु रोक्नका निम्ति नेपाल र भारतकाो पुरै सिमाना भरि पर्खाल लगाएर खुला रुपमा अावत जावत गर्न नसक्ने बनाउन अावश्यक छ । यसलाई ब्यबहारमा कार्यान्वयन गर्नका लागि दुबै देशले भीसा पास को अनिवार्य ब्यवस्था गर्नु पर्छ । कमसे कम यस प्रकारको ब्यवस्था भयो भने भारतीय विस्तारवादी लुट्याराहरुबाट नेपाल प्रति गरिने सबै प्रकारका अपराधहरु कम हुँदै जाने छन ।
भारत र नेपालका बिचमा स्थायी रुपमा पर्खाल खडा गर्न भारत त कुनै हालतमा पनि तयार नहुन सम्छ । नेपालका अाजसम्मका भारतीय विस्तारवादी शासकहरुले फ्याँकि दिएको चारो खादै अाएका र उसकै नोकर,चाकर,भरीया र अर्दलीका रुपमा काम गर्दै अाएका र सत्तामा पुग्न र सत्तामा टिकि रहननका निम्ति भारतीय शासक वर्गका सामु टाङमुनी छिरेर लम्पसार पर्दै अाएका शासकहरु पनि त्यति सजिलै दुबै देशकाबिचमा पर्खाल लगाउन तयार हुनेवाला छैनन् । यसका पनि नेपाली जनताले नै कठोर संघर्ष गर्नु पर्ने हुन सक्छ । यसका लागि पनि हामी नेपाली जनताले पुन: रगत बगाउनु परे पनि तयारी चाँही गर्नु पर्ने हुन सक्छ । विना वलिदान नेपाली जनताले सजिलै कुनै पनि प्रकारको मुक्ति पाउन सम्भव छैन । पेचिलो लडाई लड्नै पर्ने हुन्छ ।
अाफ्नो भूमपको रक्षाको निम्ति पनि हामी नेपाली जनताले फेरी पनि कुरवानी त गर्नै पर्ने हुन्छ र ? विना वलिदान र कठोर संघर्ष विना संसारका कुनै पनि देश र जनताले राष्ट्रिय युध्द जितेको एउटा पनि ईतिहास छैन । विना वलिदान संसारका कुनै एउटा पनि देशका जनताले राष्ट्रिय स्वाधिनता प्राप्त गरेको ईतिहास छैन । यी इतिहासहरुबाट शिक्षा लिदै अाफ्नो राष्ट्रको स्वाधिनता प्राप्तिका लागि हामी नेपाली जनता अावश्यक वलिदान गर्न पनि तयार हुन अावश्यक जरुर हुने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु