नेपाल बिश्वकै दोस्रो सस्तो मुलुक

२०७१ माघ ४ गते, आईतवार

काठमाडौं । नेपाल विश्वकै दोस्रो सस्तो मुलकमा गणना भएको छ । हाम्रै छिमेकी देश भारत भने विश्वको सबैभन्दा सस्तो मुलुकमा दरिएको छ । जसको उपभोक्ता मूल्य सुचकांक नेपालको भन्दा २ अंकले कम देखिएको छ ।मुभहब नामक संस्थाले हालै सार्वजनिक गरेको विश्वको सबैभन्दा महङ्गो र सबैभन्दा सस्तो मुलुकको सुचीमा सस्तोतर्फ भारत पहिलो र नेपाल दोस्रो बनेका छन भने सबैभन्दा महङ्गो देशको सुचीमा स्वीजरल्याण्ड र नर्वे क्रमश पहिलो र दोस्रो स्थानमा परेका छन् । उक्त संस्थाले उपभोक्ता मुल्य सुचकांककालई आधार मानेर बिभिन्न देशहरुको खर्चको तुलना गरेर उक्त सुची सार्वजनिक गरेको बताएको छ । जसमा उसले खाद्यान्न, यातायात, रेष्टुरेन्ट र युटिलिटीलाई लिएको छ । जुन तथ्याँक नुम्बियोको ग्लोबल मुल्य डाटाबेसबाट लिइएको हो ।उक्त संस्थाले खाद्यान्न तर्फ मासु, ब्रेड, चामल, अण्डा, फलफूल, सागपात र रक्सीलाई लिएको छ भने यातायात तर्फ एकोहोरो टिकट, मासिक टिकट पास, ट्याक्सी भाडा, पेट्रोल मुल्य र भोक्सवागन गल्फ नामक कारलाई सुचक मानेको छ । यसैगरि रेष्टुरेन्ट अन्तरगत महङ्गा, कम महङ्गा र सस्ता होटलमा पाईने खानाको मुल्य, कफि, रक्सी र पानीलाई लिएको छ भने युटिलिटी अन्तरगत बिजुली, पानी, इन्टरनेट खर्चलाई लिइएको छ ।उक्त संस्थाले अमेरिकाको न्युयोर्क शहरमा रहेको मुल्यलाई अन्य स्थानमा उपलब्द्ध भएका मुल्यसँग तुलना गरेर यो नतिजा सार्वजनिक गरेको हो । विश्वका १ सय १९ देशको खर्चसँग तुलना गरेर उक्त नतिजा निकालिएको हो । विश्वका सस्ता मुलुकहरुमध्ये नेपाल र भारत बाहेक तेस्रो स्थानमा पाकिस्तान, चौथोमा ट्युनिसिया र पाँचौमा अल्जेरिया रहेका छन् । यसैगरि क्रमश छैटौदेखि दशौंसम्म मोल्डोभा, इजिप्ट, मेसोडोनिया, सिरीया र कोलम्बिया रहेका छन् ।
उक्त संस्थाको तथ्याँक अनुसार विश्वका महङ्गा देशहरुमा स्वीजरल्याण्ड र नर्वेबाहेक तेस्रो, चौथो र पाँचौमा क्रमशः भेनेजुएला, आइसल्याण्ड र डेनमार्क परेका छन भने अष्ट्रेलिया, न्युजिल्याण्ड, सिंगापोर, कुवेत र युनाईटेड किङ्गडम -बेलायत) क्रमश छैटौंदेखि दशौं स्थानमा परेका छन् । मुभहबले सार्वजनिक गरेको यो तथ्यांकमा बासस्थान, लुगाकपडा र शिक्षाको खर्च भने समावेश गरिएको छैन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार