नेपाल बन्दलाई माओवादी केन्द्रको समर्थन

२०७४ फाल्गुन ७ गते, सोमबार

काठमाडौं , ७ फागुन । नेपाल कम्युनिस्ट पाटीले आह्वान गरेको भोलीको नेपाल बन्दलाई नेकपा (माओवादी केन्द्र)ले समर्थन गरेको छ । माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक गोपाल किरातीले आज विज्ञप्ती जारी गर्दै नेकपाको नेपाल बन्दमा आफुहरुको पनि समर्थन रहेको घोषणा गरेका छन । उनले सरकारले गरेको राज्य आतंकका विरुद्ध नेकपाद्वारा घोषणा गरेको भोली फागुन ८ गतेको नेपालबन्द सफल पार्न सबैमा आह्वान समेत गरेका छन ।
साथै किरातीले गणतन्त्रको रक्षाको लागि खड्क ओलीलाई दिएको फिर्ता लिएर महान जनयुद्धको उपलब्धी गणतन्त्र रक्षार्थ उभिन प्रचण्डलाई आग्रह गरेका छन । बिज्ञप्तीमा भनिएको छ , कुनै पनि देशभक्त तथा वामपंथी शक्ति विरुद्ध हुने राज्यको दमनलाई नजर अन्दाज गर्न सकिदैन त्यसैले नेकपा सम्बद्ध विराटनगरको शान्तिपुर्ण कार्यक्रममा खड्क ओली सरकारको राज्य आतंकको विरुद्ध प्रतिरोेधमा नेकपा द्वारा आह्वान गरेको नेपाल बन्द कार्यक्रम’लाई हाम्रो नेकपा(माओवादी केन्द्र) महाधिवेशन समूह दृढतापूर्वक नीतिगत समर्थन गर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु