नेपाल बन्दको प्रभाव देशभर

२०७२ श्रावण ८ गते, शुक्रबार

काठमाडौँ, ८ साउन । नेकपा माओवादीले आयोजना गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । राजधानी काठमाडौँ लगायत देशभर विहानैबाट सवारी साधन चल्न सकेका छैनन् ।
काठमाडौँबाट कुनै सवारी साधन बाहिरने र भित्रिएका छैनन् । माओवादी केन्द्रीय सदस्य शरद सिंह भण्डारीले दिएको जानकारी अनुसार बन्दको अभज्ञा गर्न खोज्दा काठमाडौँको जडिबुटीमा एउटा बस, भक्तपुरका राधराधेमा स्कार्पियो गाडि र लोकनथलीमा मारुती भ्यानमा तोडफोड तथा आगजनी गरेका छन् । भण्डारीका अनुसार काठमाडौँको तिनकुनेबाट प्रहरीले अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीसहित पाँच जनालाई गिरफ्तार गरेको छ ।

प्रतिक्रियाहरु