‘नेपाल नेक्स्ट सुपरस्टार २०१८’ हुदै

२०७५ श्रावण १७ गते, बिहीबार

काठमाडौं, १७ साउन । थ्रिडी नेपाल र एम.पि. इभन्टस् एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा ’नेपाल नेक्स्ट सुपरस्टार २०१८’ आयोजना हुने भएको छ । मोडलिङ, मिडिया र चलचित्र क्षेत्रमा आजका युवा पुस्ताको लगाव र झुकावलाई ध्यानमा राखेर सुरु गरिन लागेको
यो प्रतियोगीताको आवेदन खुल्ला गरिएको छ भने यसको पहिलो अडिसन आँउदो श्रावन १९ गते सनिबार हुने छ । काठमाडौं न्यूरोड, बिशालबजार स्थित बेन्टो लाउन्ज एण्ड बारबाट सुरु हुने अडिसन धरान, इटहरी, बिरगंज, बिराटनगर, बिर्तामोड, हेटौडा, बुटवल, नेपालगञ्ज, पोखरा, चितवन हुँदै पुन काठमाडौमा आएर नै सकिनेछ । अडिसन अवधिभर द एलिमेन्टस् र दिब्य धुनी ब्यान्डले प्रतियोगिताको प्रवर्द्धनको लागि साथ रहि बिभिन्न सहरहरुमा आफ्नो प्रस्तुतीहरु दिनेछन् ।
विजेताले नगद पुरस्कार रु. एक लाख, फेसन डिजाइनिङको एक वर्षे कोर्षमा पचास प्रतिशत छुट, पाँच दिनको थाइल्याण्ड भ्रमण, चलचित्रमा तथा अन्तर्रा्ष्ट्रिय फेसन शोको सहभागिताको अवसर प्राप्त गर्नेछ । मुख्य तीन उपाधि बाहेक प्रतियोगितामा फोटोजेनिक, फ्रेन्डशीप, ट्यालेन्ट, पर्सनालिटी, पब्लिक च्वाइस, वेष्ट वाक, कन्फिडेन्स लगायतका विधामा पनि विजेता चयन गरिनेछ ।
सहभागिताका लागि कम्तीमा एसएससी वा एसइइलाई न्युनतम शैक्षिक योग्यताको मापदण्ड मानिएको छ भने पुरुष सहभागीको हकमा उमेर १८ देखि २६ वर्ष र उचाईं न्युनतम ५ फिट ५ इन्च तथा महिला सहभागिको हकमा उमेर १८ देखि २६ वर्ष र उचाई न्युनतम ५ फिट २ इन्च तोकिएको छ ।

प्रतिक्रियाहरु