नेपाल ट्रष्टको १०८ रोपनी जग्गामा पर्खाल लगाउन सुरु

२०७५ पुष २० गते, शुक्रबार

काठमाडौं, २० पुस । भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टका नाममा रहेको सल्लाघारीस्थित १०८ रोपनी जग्गामा पर्खाल लगाउने भएको छ ।खाली जग्गामा फोहोर थुपार्ने क्रम बढेको र अतिक्रमणसमेत हुँदै गएपछि नगरपालिकाले पर्खाल लगाउन थालेको हो । पर्खाल लगाउने कामको उद्घाटन सांसद प्रेम सुवालले गरे । उनले पर्खाल लगाउन नेपाल ट्रष्टलाई जानकारी गराइसकेको बताए । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीले अहिले संरक्षणकै लागि पर्खाल लगाउने र पछि कलेज बनाउन प्रयास गर्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु