नेपाली साहित्य विकास परिषद युकेको निर्वाचन नोभेम्बर २३ मा

२०७१ कार्तिक १५ गते, शनिबार


लण्डन । वेलायतस्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास युकेको अधिबेशन आगामी नोभेम्बर २३ मा हुने भएको छ । नयां नेतृत्व चयनका लागि हुन लागेको यस अधिबेशनमा बेलायतका विभिन्न स्थानमा बसोवास गरिरहनुभएका साहित्यप्रेमीहरुलाई सहभागि हुन संस्थाले आग्रह गरेको छ ।
लण्डनस्थित एबिआई कलेजमा हुने अधिबेशनका लागि स्थानीय समाजसेवी कृष्ण भट्टको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिको सल्लाहकारमा सुरेशजंग शाह छन् भने निर्वाचन पर्यवेक्षण नेपाल पत्रकार महासंघ बेलायत शाखाका उपाध्यक्ष धर्मराज अधिकारीले गर्नेछन् ।
यसैबीच निर्वाचन समितिले निर्वाचनका लागि आवश्यक तयारीहरु गरिरहेको संयोजक भट्टले जनाएका छन् । समितिले साधारण्ँ सदस्यलाई आगामी नोभेम्बर १४ भित्रमा निर्वाचन समितिलाई सदस्यता र्फम बुझाउन आग्रह गरेको छ ।

प्रतिक्रियाहरु