नेपाली संपदाको औपनिबेशिक दोहन – झपेन्द्रराज बैद्य

२०७५ जेष्ठ ३ गते, बिहीबार

भारतले नेपाललाई पालेको पनि छ फालेको पनि छ। पालेको छ भने नेपालीकै स्रोतमा पालेको छ। नेपालले भारतलाई श्रम दिन्छ। पसिना दिन्छ। पानी दिन्छ। देशका उद्योग कारखानालाई बिमुखपारेर बिजुली दिन्छ नेपालले। यसको बदला भारतले राजनीतिको पाठशाला दिन्छ। नियन्त्रण र अनुबन्धन दिन्छ। भूमि र नदीनाला हडपेर गरिबी र दासता दिन्छ। बर्षमा डुवान न छाक नबास। भारतकै छत्रछायामा बाच्ने संत्रास लघुताभाष र हिनता बोध दिन्छ। निराशा उत्कण्ठा र पराधिनता। अभाव र संकट। हीरा दिन्छ। जीरा ल्याउछ। सुन दिन्छ, नून ल्याउछ नेपाल। सँस्कृति समान छ। भास्य तत्सम र तत्भव छन्। यसको फाइदा उठाइरहेछ भारत। मोदी आए। हनुमान चालिसा। हाय हाय मोदी। मोदी गए चारै दिनका गाडीका गाडी नेपाली चिया रोकिएको अवस्था छ। सीमा हस्तक्षेप जारी छ। मोदीले जितेर गए। नेपाली हराइए। भारतीय फौजको संत्रास अनि अरुण तेस्रोको कब्जा यही हो उपहार?
छिमेकी राष्ट्राध्यक्ष एक देशबाट अर्को देशमा जानु स्वगत योग्य कुरा हो स्वगत गर्नुपर्छ। तर राट्रियता, राष्ट्रिय स्वधिनता र स्वाभिमानमा आँच आउनु पक्कै पनि जनतालाई सह्यहुने कुरा होइन। प्रसंग हो भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको नेपाल भ्रमण। नेपालको सार्वभौमिक सत्तामा धावाबोल्ने कुरा त मोदीले भारतीय सेना तराई पहाड तथा हिमालमा लगेर परेड खेलाए। के पुर्खाैलीरुपमा नाम कमाउदै आएका गोर्खाली बहादुर सेना भनेर चिनिने नेपाली सेना मोदीको सुरक्षगर्न सक्षम थिएन? जेठ २८ र २९ गते दुई दिन सशस्त्र भारतीय सेनाको टाली नेपालको जनकपुर,काठमाण्डौ र मुक्तिनाथमा प्रदर्शन गराइएका छन्। यो रिहर्शल हो कि के हो? प्र.म. के पी.वलीले भारतीय सेनालाई नेपाल आउन रोक लगाउनुपर्ने थियो। यो भनेको नेपालको लागि ठाडो चुनौति हो।
यस भ्रमणमा प्रमुख राष्ट्रघाती काम हो अरुण तेस्रोको सिलान्यास। यो नेपालीको शिर नुहेको कालो दिन हो। सत्ताले मानिसलाई कति छिटो परिवर्तित गराउँछ। २०७२ सालमा नाकाबन्दी ताका चट्टानी अडानमा थिए वली। यसलाई मानिसहरु फोस्रो राष्ट्रियता पनि भन्ने गर्थे। उसबेला खाशै वलीले भारतको बिरोध गरेका थिएनन्। घुर्की देखाएका थिए। बरु नेपालीले दःुखपाए पनि भारत प्रति केही नबोलेरै भारतलाई थकाएका थिए। यो देशको सावैभौम सत्ताको लागि सकारात्मक कुरा थियो। उनको राट्रियताको रटान अपेक्षाकृत मधेशमा खर्चभएको थियो। जसअनुसार मधेशमा धेरै जनधनको क्षती भएको थियो। मधेशी जनतासँग टसमस भएको बेला सुरक्षाकर्मी लगेर सभासञ्चालन गर्ने नाटक गरेका थिए वली। यही राष्ट्रियताको भावना बेचेर उनी अत्यधिक सीटले बिजयी भए। यसमा कठित बाम गठबन्धनले पनि काम गरेको थियो। उनी आफ्नो क्षेत्रमा सक्षम नेता। एकीकरणको नाममा माओबादी केन्द्रलाई बिलय गराइ हाले। यो कहिले सम्म टिक्छ भविश्यले बताउला। तर कम्युनिष्टको भ्रम थियो त्यो पनि सफाचट भएको छ। पखालिएको छ। मुखले भन्न त जे भनेनि हुन्छ तर कम्युनिष्टको बिरोधी गठजोड हो यो। कम्युनिष्ट सिद्धान्त र बिचारको एकीकरण होइन। दलाल पुँजिबादी सँस्कृतिको बिचार मिलेकोले नै उनीहरु एकीकृत हुनसके। मिल्नु दुबैलाई आवश्यकता थियो। यसमा बाहिरी शक्ति पनि सशक्त लागेको छ। यसमा मुख्य गाँठो भारतीय सद्भाव थियो। जब सत्तामा गए वली, उनी नाइन्टी डिग्री कोण फन्कोमारेर भारतीय सच्चा सेवक बन्न थाले। यो हो कुर्सी टिकाउने रणनीति। अब नत राष्ट्रियताको अडानमा रहे नत नै देश मिचिदा बिरोध गर्नसके जनताले सुन्नेगरी। यो कुनै आग्रह पूर्वाग्रहले भनिएको कुरा होइन। दिनको उज्यालोजस्तै छ।
आठ बर्षसम्म अल्झिएको आयोजना हो अरुण तेस्रो। अहिले पूर्व राष्ट्रबादी भनेर चिनिने वलीले नेपालको हीत बिपरित यस आयोजना भारतीय कम्पनीलाई सुम्पेका छन्। यो ९०० मेगावाटको आयोजना हो। यस आयोजनाबाट ४ अर्ब २ करोड युनिट बिजुली उत्पादन हुन्छ। आयोजना बिकास संझौता (पी.डि.ए.) मा नेपालले २१ दसमलब ९ प्रतिशत अर्थात ८८ करोड युनिट बिजुली नेपालले निशुल्क पाउनेछ। पी.डि.ए.११.१६.४मा निशुल्क उर्जा निकासी गर्ने प्राबधान छ तर पी.डि.ए. नेपाल भित्रै खपतगर्ने कुरामा मौन छ। यस किसिमले सम्पूर्ण बिजुली निकासी गरिन्छ। यो भनेको प्रदेश न.१ को औपनिबेशिक दोहन हो। स्मरणहोस् १ युनिट बिजुली खपत भएमा ८६ अमेरिकी सेन्टस् अर्थात नेपाली ९१ रुपिया बराबर अर्थतन्त्रमा अभिबृद्धि हुन्छ। यस हिसाबले नेपालको बाषर््िाक ३ खर्ब ६५ अर्बले मूल्य अभिबृद्धि हुनबाट बञ्चित हुन्छ। यो २५ बर्षको आयोजना हो। यस हिसाबले ९१ खर्ब ४१ अर्ब रुपियाँले मूल्यअभिबृद्धिमा ह्रास आउदछ। सुख्खा समयमा भने जम्मा ३०० मेगावाट उत्पादन हुन्छ। यस हिसाबले नेपालले पाउने जम्मा ७० मेगावट भन्दा कम हुन्छ। आयकर पनि धेरै कम हुन्छ। २५ बर्ष पछि आयोजना नेपालले फिर्तापाउने त भनिएको छ तर त्यस बेलासम्म समानहरु पुराना भएर धेरै जसो काम नलाग्ने हुन्छन्। यो थोरै खर्चले धेरै बिद्युत उत्पादन गर्ने योजना हो। यसलाई सुनको अण्डादिने कुखुरा पनि भनिन्छ। नेपाली उद्योगपतिमा वा सेना वा कर्मचारीमा शेयर आह्वनगरेर नेपालले नै यो योजना सम्पन्न गर्नसक्छ। नेपालीले जागिर पाउछन्। नेपालका उद्योगले बिजुली पाउछ। सुदूर अध्यारा गाउँहरु उज्याला हुन्छन्। सुनको अण्डा बेचेर नेपाल गरिब हुन खोजेको हो? यसलाई राष्ट्रघात नभनेर के भन्ने? हातको माछो फुत्काएर दुलाभित्र हात भनेको यही हो। एकातिर लाखौ लाखौं युवाहरु बैदेशिक रोजगारीमा भौंतारिएका छन् अर्कोतिर देशको प्राकृतिक संपदा बिदेशीलाई सुम्पेर यहाँका नेताहरुले कुर्सीको सुरक्षा गरिरहन्छन्। यो भनेको आत्मसमर्पया हो। दलाली हो। २ वर्षको बीचमा एउटै मुखले भारतीय हस्तक्षेपको बिरोध गर्छ भने उही मुखले आफ्नो ब्यक्तिगत स्वर्थसिद्धिमा कोर्स करेक्सन भयो भनेर प्रशंसा गर्छ। यो भनेको अवसरबादी नीति हो। यसैलाई लम्पसरबाद भन्छन्।
अर्को संबेदनशील कुरा त नेपालको सार्वभौम सम्पन्न धार्मिक पर्यटकीय स्थल जनकपुरलाई भारतीय सांसद कीर्तिले भारतको भूमि हो भन्नु हो। नेपाल र भारतको प्रधान मन्त्रिहरुको साम्नेमा। यो भनाइलाई प्र.म.वलीले आपत्ती जनाउदै बिज्ञप्ती निकाल्नु पर्ने हो। यस रवैयाले मोदीलाई त यो भ्रमण सफल भयो नै। तर नेपालको लागि सफल होइन, क्षती हो। सबै देशभक्तहरुले यसको सशक्त बिरोध गर्नुपर्छ। बिबेकशील पार्टीले मोदी आऊ तर नाकाबन्दीको पीडा अझै बिर्सेका छैनौं भन्ने ब्यानर हटाइयो। कार्यर्ताहरुलाई थुनामा राखियो। अचम्मको कुरा त लोकतन्त्रको हिमायती भनिने सरकारले रेडियो स्टेशनमा अन्तरवार्ता दिइरहेका ब्यक्तिलाई पकडाउगर्छ। क्रान्तिकारी माओबादीका कार्यकर्तालाई गिरफ्तार गरेर अभिब्यक्ति स्वतन्त्रतालाई चुनौती दिएको छ। प्रतिपक्षमा रहदा स्वतन्त्रता र सत्तामा रहदा यही कुरा अभिशाप हुन्छ। दलाल समाजिक पुँजिबादमा यही हुन्छ। यस ब्यबस्थामा जुन जोगी आए पनि कानै चिरेका हुन। ब्यक्तिगत स्वभाव केही तलमाथि हुनसक्छ। अर्को रोचक प्रसंग त जनकपुर क्षे. नं. १ का मुख्यमन्त्रीले उत्कृष्ट भनिदै आएको संबिधानलाई अधुरो र मधेश बिरोधी संबिधानको संज्ञा दिएका छन्। सत्ताधारीमा यो बिबादको बिषय बनेको छ। यस भ्रमणमा सिमाबिबाद र असमान सन्धी बारे केही कुरा नचलाएको अवस्था छ। पत्रकारहरुलाई जान रोक लगाएकोले अझै कुराहरु गोप्यराखिएका हुन सक्छन्। बिराटनगर म.न.पा. १२ मा ८ बर्ष देखि भारतीय दुताबासको फिल्ड कार्यालय अबैधरुपमा चलिरहेको छ। २०६५ मा कोशी बाढी प्रकोपमा तत्कालीन प्रयोजनको लागि स्थापना भएको हो तर आजसम्म रहेको छ। यसलाई हटाउन मोदीलाई भनिएको हो भन्ने सुनिन्छ। परिणम पछि थाहहोला नै। नेपालको भारतसँग ६५ प्रतिशत ब्यापार घाटा छ। भारतमा कृषिमा सुधार छ त्यसैले त्यहाँ उत्पादन भएका बस्तु सस्ता हुनआउदछन्। नेपालमा उत्पादित बस्तुहरु महंगा हुन्छन्। भारतमा उत्पादित बस्तुहरु नेपालमा धेरै बिक्रिहुन्छन्। एक त नेपालबाट निर्यात गरिने बस्तुहरु धेरै कम हन्छन् अर्को भारतबाट आयातित बस्तुहरु नेपालका बस्तुहरुलाई बिस्थापित गर्ने हुनाले नेपालले ब्यापार घाटा सहिरहनुपरेको छ। नेपालबाट पैठारी गरिने अदुवा भारतले बीचमा रोकिदिदा बाटैमा कुहेर किशानहरुले नोक्सानी ब्यहोर्नु परिरहेको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु