नेपाली राजनीतिमा मङ्सिर ८ ले ल्याएको नयाँ तरङ्ग – विष्णु पन्त

२०७५ मंसिर ८ गते, शनिबार

आज हामी २०७५ मङ्सिर ८ गते पार्टी पुर्नस्थापना दिवसको पूर्वसन्ध्यामा प्रवेश गर्दैछौं । प्रचण्ड र बाबुरामको नेतृत्वमा भएको विर्सजन र आत्मसर्पणलाई चुनौती दिँदै किरण र विप्लवले गरेको सम्बन्ध विच्छेद वा विद्रोह पनि नेपाली क्रान्तिका लागि फलदायी बन्न नसकेपछि क. विप्लवको नेतृत्वमा एउटा नयाँ पुनर्गठन गर्ने काम भयो । विचार र दर्शनको सन्दर्भमा क. किरणको भूमिका इमानदार र सकारात्मक भए पनि पहलकदमी लिने सन्दर्भमा उहाँको भूमिका पनि अर्कमण्यता र यथास्थितिको गोलचक्करमा फसिराख्ने संश्लेषणसहित एउटा ठोस र चुनौतीपूर्ण पहलकदमी विना नेपाली क्रान्तिले गति लिन सक्दैन भन्ने ऐतिहासिक निष्कर्षका साथ क. विप्वलको नेतृत्वमा एउटा नयाँ धारको निर्माण गरिएको थियो । क. विप्लवको साथमा क. प्रकाण्ड, क. कंचन, क. सन्तोष बुढा मगर, क. असारे पवनसहितको एउटा समूहले नेतृत्व गरेको थियो र पछि क. सुदर्शन पनि समाहित हुनु भएको थियो । क. विप्लवले नेपाली क्रान्तिलाई विजय बनाउने अदम्य आँट र शासका साथ नेपालको माटो सुहाउँदो र अहिलेको समय अनुकूल एउटा नयाँ कार्यदिशाको घोषणा गर्नु भयो र जसलाई हामी एकीकृत जनक्रान्तिको नयाँ मोडलको रूपमा अभ्यास भइरहेको देखरहेका छौं । पार्टी पुनर्गठन भएको ४ वर्ष पुगेर पाँचौं िवर्षमा प्रवेश गर्दै गर्दा पार्टी जीवनमा देखापरेका थुप्रै उतारचढावहरूको विश्लेषण गरेका छौं । सबैभन्दा ठूलो सफलता के हो भने आजसम्म आइपुग्दा नेपाली क्रान्तिको बाटो वा दिशा स्पष्ट भएको छ र दुश्मनको क्याम्पमा भय, त्रास र सन्नाटा उत्पन्न भएको छ । कथित दुई तिहाईको सत्तालाई हल्लाई दिने शक्तिका रूपमा पार्टी स्थापित भएको छ । जनताको माझ सिनो जस्तै गन्हाएको संसदीय सत्तासँग क्रान्तिकारी शक्तिको आमनेसामने घर्षण उत्पन्न भएको छ र क्रान्तिको सपना दूर हुने निकट बनेको छ । आज विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भूमिकालाई देखेर सबै वाम, देशभक्त तथा क्रान्तिकारी शक्तिमा एउटा उत्साह, जागरण र गतिशीलता उत्पन्न भएको छ । हामीले पछिल्लो समयमा देख्यौं कि केपी र पिके गठबन्धनको सत्ताले हाम्रो पार्टीलाई सिध्याउने उद्देश्यका साथ हाम्रा शीर्ष नेताहरू माथि नाङ्गो दमन र आक्रमणको नीति अख्तियार ग¥यो । पार्टीका प्रवक्त क. प्रकाण्डलगायत पिविएम, क. शिलु, क. पदम राई, जीवन्त, गम्भीर, ओम पुन तथा सि.सि.एम.हरू आजाद, असल, किरण, दिपेश, देव नारायण शाहलगायत थुप्रै नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, गैरकानुनी थुनामा राख्ने, झुटा मुद्दा लगाउने र अदालतले सफाइदिएपछि पुनः अदालत परिसरबाटै गिरफ्तार गर्ने जस्ता फासीवादी कदमहरूलाई परास्त गर्दै यहाँसम्म आइपुगेका छौं । पार्टीले मङ्सिर ८ लाई पुनस्र्थापना दिवस सँगसँगै प्रतिरोध दिवसका रूपमा पनि मनाउँदै छ । सरकारी दमन र फासीवादी कदमका विरुद्ध शान्तिपूर्ण जनप्रदर्शनको माध्यमबाट जवाफ दिने नयाँ शैलीको विकास गरिएको छ । एकीकृत जनक्रान्तिको माध्यमबाट आजसम्म थुप्रै नयाँ र अनौठा अभ्यासहरू भएका छन् । प्रकाण्ड लगायतका नेताहरूको गिरफ्तारी पछि आमविश्लेषण थियो कि अब विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भूमिगत हुने छ । तर, पार्टीले शान्तिपूर्ण जनप्रदर्शनको कार्यक्रमको घोषण ग¥यो । त्योभन्दा पनि अनौठो कुरा त के छ भने त्यो सभालाई क. प्रकाण्डले नै सम्बोधन गर्ने निर्णय ग¥यो ।
हामीलाई थाहा छ, विप्लव नेतृत्वको क्रान्तिकारी धार अहिले आएर नेपाल कम्युनिष्ट पार्टीको नामले चिनिन्छ । सुरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) हुँदै अहिले आएर आठौं महाधिवेशन पछि यो नेपाल कम्युनिष्ट पार्टीका रूपमा स्थापित भएको छ । पार्टी पुनर्गठनदेखि हालसम्म दलाल संसदीय सत्तासँग निरन्तर संघर्ष गरिरहेको छ । दलाल संसदीय सत्तालाई प्राण भर्ने वा अर्को शब्दमा भन्दा संसदीय व्यवस्थाको केन्द्रमा रहने शक्ति, भ्रष्ट, दलाल, कालोबजारीया, तस्कर र माफियाको सञ्जाललाई आमजनताबाट बहिस्कृत गर्ने र आक्रमण गरी अलग–अलग पार्ने उद्देश्यका साथ संचालन गरिएका संघर्षहरूले पार्टीलाई आमजनतामा स्थापित गराएको छ । सत्ताको हिसाबले समानान्तर सत्ता जस भित्र जनसंविधान, जनप्रतिनिधिसभा, जनसरकार र जनअदालतको अभ्यास विस्तारै प्रभावकारी र गतिशील हुँदै छन् । पार्टीले एकातर्फ आमसर्वहारा, श्रमजीवि र उत्पीडित वर्गलाई क्रान्तिको आधारभूत शक्तिका रूपमा विकास गरेको छ भने अर्कोतर्फ मध्यम वर्ग र राष्ट्रिय पुँजीपतिवर्गलाई पनि क्रान्तिको आधार वर्गका रूपमा परिभाषित गरेको छ । एकातर्फ क्रान्तिकारी, वाम तथा प्रगतिशील शक्तिलाई ध्रुवीकरण गर्न खोजेको छ भने अर्कोतर्फ राष्ट्रवादी तथा सच्चा लोकतन्त्रवादी मानवअधिकारवादी र स्वतन्त्र नागरिक समूहहरूसँग पनि हातेमालो गर्ने नीति अंगीकार गरेको छ । अन्तराष्ट्रिय अन्र्तविरोधलाई हल गर्नका लागि पनि एकातर्फ कम्युनिष्टहरूको मोर्चा गठन गर्ने अनि अर्कोतर्फ साम्राज्यवाद विरोधी अनि स्वाधीनता प्रेमीहरूसँगको खुल्ला मोर्चा बनाउने नीति विकास गरेको छ । यसबाट के देखिन्छ भने पार्टीले माक्र्सवाद, लेनिनवाद र माओवादमा एउटा नयाँ विकास गरी नेपाली क्रान्ति र विश्वक्रान्तिका लोकप्रिय मोडेलहरू दिर्घकालीन जनयुद्ध र सशस्त्र जनविद्रोहलाई एकीकृत गर्दै सम्भावित सबै संघर्षका स्वरूपहरूलाई एकीकृत गर्दै छ । गाउँ र शहरको बीचमा विकसित भएको निकट, अन्योन्याश्रित र गतिशील सम्बन्धलाई आत्मसात गर्दै नयाँ ढंगका संघर्षहरूको विकास गर्दै छ । त्यति मात्र होइन शान्तिपूर्ण र सशस्त्र दुवै खाले संघर्ष, कानुनी र गैरकानुनी सबैखाले संघर्षलाई प्याकेजको रूपमा विकास गर्दै छ । एकातर्फ वैचारिक सेना, व्यवसायिक सेना र राष्ट्रवादी सेना सबैलाई एउटै मोर्चामा लामबद्ध गराउने जस्तो धेरैका लागि अनौठो रणनीति विकास गरेको छ ।
बीसौं शताब्दीमा भएका समाजवादी सत्ताहरूको विघटन तथा समाजवादी क्रान्तिहरूको असफलतालाई समीक्षा गर्दै भोलिको वैज्ञानिक समाजवाद हरेक मुद्दामा पुँजीवादभन्दा धेरै गुणा समृद्ध, सुदृढ बनाइने प्रतिबद्धता जाहेर गरिएको छ । सारमा भन्दा वैज्ञानिक समाजवाद पुँजीवादको तुलनामा धेरै गुणा उन्नत र गुणात्मक उचाइमा पुग्ने छ । मान्छे–मान्छेबीचका उत्पीडन, भेदभाव र असमानताहरूलाई अन्त्य गरेर वास्तविक मानवअधिकारको सुनिश्चित गरिनेछ । जनताका मौलिक अधिकारलाई सुनिश्चित गरिनेछ । जनताका मौलिक अधिकार संविधानमा लेख्दैमा प्राप्त हुने विषय होइनन् । अधिकार केवल टाठाबाठा, शासकहरू र दलालहरूको लागि मात्र हुने पुँजीवादी व्यवस्थाका विकृतिहरूलाई पूर्ण रूपमा अन्त्य गरिनेछ । प्रधानमन्त्री वा राष्ट्रपति र सामान्य जनताका बीचमा न्यायिक अधिकार समान रूपमा प्राप्त हुने व्यवस्थाको परिकल्पना गरिएको छ ।
वास्तवमा नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समयमा विकास गरेको एकीकृत जनक्रान्तिको कार्यदिशाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नै एउटा नयाँ तरङ्ग उत्पन्न गरेको छ । माक्र्सवाद, लेनिनवाद र माओवादमा थप विकास गर्ने र कम्युनिष्ट पार्टीलाई आमजनताको साझा सम्पत्ति बनाउने विषयमा विश्वव्यापी रूपमा नै थुप्रै बहसहरूको सुरुवात गरिएको छ । पछिल्लो समयमा आरसिपिको न्यू सिन्थेसीस त्यस्तै एउटा उदाहरण हो भने त्योभन्दा पनि अगाडि बढेर नेपालमा विकास गरिएको एकीकृत जनक्रान्तिले विश्वव्यापी रूपमा नै नयाँ तहल्का मच्चाउने सम्भावना बढेको छ ।
नेपालको माओवादी आन्दोलनको विर्सजन हुँदै गर्दा त्यतिबेला एउटा भयावह प्रश्न थियो भने के प्रचण्ड र बाबुराम अनि पार्टीको मूलधार विरुद्ध पनि विद्रोह गर्नु सम्भव छ ? किनकि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नै माओवादी आन्दोलन भन्नु नै प्रचण्ड बाबुराम भन्ने थियो । त्यस्तो बेलामा किरण र विप्लवको पहलबाट त्यसलाई सम्भव तुल्याइयो । यद्यपि त्यो धेरैका लागि अकल्पनीय र दुस्साहसवादी कदम थियो । झन् पछि किरणसँग अलग्गिएपछि झनै विश्वासको खडेरी पर्ने गरी प्रश्न उब्जियो र भनियो के शीर्ष नेताहरूलाई अलग्याएर फुच्चे नेताहरूबाट आन्दोलनको पुनर्गठन गर्न संभव छ ? शायद आजको दिनसम्म आइपुग्दा यी प्रश्न गर्नेहरू आफैँ हराएर गएका छन् । आजको दिनमा वैज्ञानिक समाजवादको झण्डालाई दह्रोसँग पक्रने शक्तिका रूपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नै हो भन्ने तथ्य सर्वत्र स्थापित भएको छ । वैज्ञानिक समाजवादको विकल्प पुँजीवाद हुनै सक्दैन भन्ने तथ्यलाई विस्तारै आत्मसात गरिँदै छ । स्वयम् पुँजीवाद भित्रको पनि विकृत व्यवस्था दलाल संसदीय व्यवस्थालाई नै राजनैतिक क्रान्तिको रूपमा व्याख्या गर्ने नेताहरू आज सबैका सामु गद्दार, आत्मसर्मपणवादी र पतितहरूको झुण्डको रूपमा चिनिँदै छन् । पछिल्लो समयमा प्रचण्डहरूको एमालेमा भएको विलय, पतन र अवसानले त झन् नेपालमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उठाएका मुद्दाहरू सशक्त बनेका छन् । त्यति मात्र होइन गत संसदीय निर्वाचनमा केपी ओली र पुष्पकमलको गठबन्धनले दुई तिहाई बहुमत हासिल गरिसकेपछि बनेको केपी ओलीको सरकार आमजनतामा यति धेरै अलोकप्रिय बन्यो कि यो दुई तिहाईको सरकार विघटनको संघारमा पुगेको छ । जथाभावी कर बृद्धि, महँगी र संस्थागत भ्रष्टाचारका कारण सरकार आफैँ पतन हुने अवस्थामा पुगेको छ ।
केपी ओलीको शक्तिशाली भनिएको सरकारका थुपै्र निर्णयहरू कार्यान्वयन हुनै नसक्ने गरी तुहिएका छन् । सायद स्वयम् प्रधानमन्त्रीलाई पनि लागेको होला दुई तिहाई हुँदैमा सरकार बलियो हुँदोरहेनछ । किनभने सत्ता पुरानै छ, संयन्त्र पुरानै छ र मन्त्री, प्रधानमन्त्री त केवल रंगमञ्चका जोक्कर मात्र सावित भएका छन् । व्यक्तिगत रूपमा समृद्ध बन्नेबाहेक अरु चिन्ता सत्तामा बस्नेहरूमा छैन । राष्ट्रियताको नारा लगाएर चुनाव जितेका केपी ओली सत्तामा पुगेपछि फिल्मी शैलीमा सबैभन्दा बढी आत्मसमर्पण गरे । एकपछि अर्को राष्ट्रिय स्वाधीनतामाथि धावा बोल्ने सम्झौता र निर्णय गरे । दुई तिहाई आए पनि प्रधानमन्त्री बन्नका लागि दिल्ली धाउने र गोप्य सम्झौता गर्ने शृंखला नाङ्गो रूपमा बढेको छ । त्यति मात्र होइन आपूmलाई सत्तामा टिकाउनका लागि गोप्य र रहस्यमय साँठगाँठ गर्ने खेल सर्वत्र उदाङ्गिएका छन् ।
दलाल संसदीय व्यवस्थामा शक्तिमा पुग्नका लागि दलाली नै गर्नुपर्छ । जो सरकारमा आए पनि अलोकप्रिय बन्नुको विकल्प छैन । मूल कारण के हो भने संसदीय व्यवस्था आफैंमा असफल छ । सरकारले चाहेर पनि जनपक्षीय काम गर्न सक्दैन । अहिलेको दुनियाँमा ठेलागाडा चढेर संसार घुम्ने सपना देखाउनु जस्तै मजाकको विषयलाई जनताले विश्वास गर्न सक्ने अवस्था छैन । अतः यो व्यवस्था मक्किएको छ र यसको विकल्प खोज्नुको कुनै विकल्प छैन । प्रधानमन्त्री बन्नका लागि सिंगापुर, बैंकक र दिल्लीमा धाउनु पर्ने दलाल संसदीय व्यवस्थाबाट देशले केही प्राप्त गर्ने होइन कि गुमाउने मात्र हुन्छ । अतः यो दलाल संसदीय व्यवस्थालाई फ्याँकेर वैज्ञानिक समाजवादको स्थापना गर्ने नेपाल कम्युनिष्ट पार्टीको अभियानलाई सफल बनाउनुको विकल्प हामीसँग छैन् ।
सारमा भन्दा, २०७१ मङ्सिर ८ सर्वहारा श्रमजीवि वर्गका लागि एउटा उभार, उत्साह र उत्सवको दिन थियो किनकि क्रान्तिको निकट पुगेको माओवादी आन्दोलनको विघटन गरिएको दृश्यलाई टुलुटुलु हेरिरहने मौन बस्न सकिँदैनथ्यो । प्रतिक्रान्तिको शिकार बनेर अकर्मण्यतामा फस्नु वा निराशावादको शिकार हुनु शायद सदा–सदाका लागि पराजयलाई स्वीकार गर्नु हुन्छ । क्रान्तिलाई नै आफ्नो जीवनको एक मात्र आदर्श ठान्ने क. विप्लव, प्रकाण्ड र कंचन लगायतका नेताहरूलाई प्रतिक्रान्तिको परिघटना स्वीकार्य बन्न सकेन सायद । कथित शान्तिको माला जपेर त्यत्रो त्याग, तपस्या र बलिदानबाट हुर्किएको विशाल माओवादी आन्दोलनलाई विघटन गर्ने र संसदीय व्यवस्थामा पतन गराउने दुस्साहसलाई चुनौति दिनै पर्दथ्यो र त्यही गरियो । आज हामी २०७५ मङ्सिर ८ सम्म आइपुग्दा प्रष्टै देखिएको छ कि प्रचण्डसहितको मूलधारको पार्टी एमालेमा विलय भएको छ । जसले आफ्नो इतिहासलाई सम्मान गर्न सक्दैन उसले कसैलाई जीत्न सक्दैन । महासचिव क. विप्लवको नेतृत्वमा आज क्रान्तिको ज्वारभाटा दन्किइरहेको छ र अबको नेपाको एकमात्र आशालाग्दो पार्टी बनेको छ ।

प्रतिक्रियाहरु