‘नेपाली म्याराडोना’ को मृत्यु , आज अन्त्यष्टी गरिदै

२०७५ जेष्ठ १ गते, मंगलवार

काठमाडौं, १ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको आज अन्त्यष्टी गरिने भएको छ । पूर्वखेलाडी समेत रहेका शाहको सोमबार साँझ निधन भएको थियो । कलेजोमा समस्या देखिएपछि आइतबार साँझ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका ५० वर्षीय शाहको सोमबार साँझ ५ बजेर ४२ मिनेटमा उपचारकैक्रममा निधन भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार शाहको पार्थिव शरीरलाई मंगलबार बिहान १० बजेदेखि दुई घन्टा दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि शवयात्रा गरी आर्यघाट लगिने बताए ।
सन् १९८५ मा १७ वर्षको उमेरमै दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएपछि शाहले झन्डै एक दशक नेपाली फुटबलमा दरिलो उपस्थिति जनाएका थिए । सन् १९९३ मा बंगलादेशको ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्णपदक जित्दा उनी टिमको महत्वपूर्ण सदस्य रहेका थिए । उनलाई ‘नेपाली म्याराडोना’को नामले पनि चिनिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार