‘नेपाली बैज्ञानिक एक गर्न केन्द्रको आवश्यकता ‘

२०७३ भाद्र ४ गते, शनिबार

काठमाडौ, ४ भदौ । विश्वका धेरै देशलाई समृद्ध बनाउन जुटेका नेपाली बैज्ञानीकलाई देश समृद्ध बनाउने अभियानमा जुटाउनको लागि राष्ट्रिय आविष्कार केन्द्रको आवश्यकता रहेको महाविर पुनले एक कार्यक्रममा बताएका छन् । धेरै देशको विकास र समृद्धिको लागि लागि परेका नेपाली बैज्ञानीकलाई आफ्नै देशको विकासको लागि जुटाउनको लागि राष्ट्रिय आविष्कार केन्द्रको आवश्यकता रहेको उनको तर्क छ । शनिबार म्याग्दीमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । पुनले नेपाललाई समृद्ध र रोजगार सहित आत्मनिर्भर नेपाली बनाउन तथा विज्ञानप्रविधिसँग नजिक गराउनको लागि राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाको लागि जुटेको बताए ।
उनले नेपालका बैज्ञानिकहरु विश्वका धेरै देशलाई समृद्ध बनाउने अभियानमा लागेको स्मरण गदैं नेपालमै फर्किएर काम गर्ने वातावरण बनाउन आफुँले आविष्कार केन्द्रको स्थापनामा जुटेको दाबी गरेका छन् । ‘जनताको सहयोगबाट केन्द्र स्थापनामा जुटेको छु । सरकारले ४ बर्ष आश्वासन मात्रै दियो, सहयोग गरेन्’ उनले भने । केन्द्र स्थापनाको पहिलो चरणमा ५० करोड संकलन गरेर १० मेगावाट विद्युत उत्पादन गर्ने र त्यसबाट भएको आम्दानीलाई केन्द्रको स्रोत ब्यवस्थापनमा लगाउने बताए । ‘ एकबर्षमै देश कायापलट हुदैन ।
यो अभियानले ३० बर्षमा देशको मुहार फेर्छ’ उनले भने । पुनले केन्द्रको स्थापना, विगत, वर्तमान सहित भविस्यमा गर्ने योजनाका बारेमा समेत सुनाएका थिए । कार्यक्रममा सहभागिले आर्थिक सहयोग समेत गरेका थिए । म्याग्दीको राम्चे गाविसमा जन्मिएका पुनले उत्तरी क्षेत्रमा बेतारे इन्टरनेट सहित स्वास्थ्यको क्षेत्रमा खेलेको भूमिकाका आधारमा सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनेर समेत चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका थिए । पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टीको ठुलाकोट भन्ने डाँडामा २० बर्ष अगाडी खरिद गरेको २८ रोपनी समेत केन्द्रको स्थापनामा प्रयोग गर्ने घोषणा समेत गरेका थिए ।
बेनीमा भएको राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ अभियानलाई म्याग्दी जिल्लाबासीले आफ्नो पहिचान भएकाले जस्तो सुकै सहयोग गर्ने तयार रहेको बताएका छन् । प्रजिअ केशवराज आचार्यले खोज र अनुसन्धान चुनौतीपुर्ण र धेरै लगानी लाग्ने भएता पनि युगअनुसारको परिर्वतनकारी रहेको तर यसमा राज्यबाट सहयोग नहुनु आफैमा दुखत भएको टिप्पणी गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु