नेपालसँगको अविश्वास हट्यो : भारतीय विदेशमन्त्री

२०७३ असार ६ गते, सोमबार

काठमाडौं, ६ असार । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालसँग रहेका ‘केही असमझदारी’ प्रधानमन्त्री केपी ओलीको भ्रमणकै क्रममा अन्त्य भएको बताएकी छन् ।
नरेन्द्र मोदी नेतृत्वको सरकार बनेको दुई वर्षयता भारतीय विदेश नीतिका उपलब्धिबारे आइतबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा स्वराजले नेपाल लगायत सार्कमा आवद्ध सबै देशसँग भारतको सम्बन्ध राम्रो रहेको बताइन् ।
‘नेपाल र हाम्रोबीचमा जुन ऐतिहासिक, सांस्कृतिक र भौगोलिक सम्बन्ध छ, त्यसबीचमा केही असमझदारी पनि देखिए, तर नेपालका प्रधानमन्त्री ओलीजीको भ्रमणपछि त्यो अविश्वास हटेको स्वयं ओलीजीले भ्रमणलगत्तै बोलिसक्नु भएको छ,’ विदेशमन्त्री स्वराजले भनिन् । – अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु