नेपालवाणीमा आन्दोलान जारी

२०७० चैत्र १८ गते, मंगलवार

काठमाडौं ,१८ चैत । नेपालवाणी नेटवर्कका पूर्व कर्मचारीले आफुहरुले पाउनु पर्ने बक्यौता रकमको माग गर्दै गरेको तालाबन्दी सहितको रिले अनसन आज पनि जारी रहेको छ । दुई सुत्रिय माग राख्दै पूर्वकर्मचारीहरुले ३ दिन देखि आन्दोलन गर्दै आएका छन् ।
आन्दोलन जारी राखिएपनि ब्यबस्थापन पक्ष र संचालक समितिका अध्यक्ष खुमा अर्यालले माग सम्बोधन गर्न चासो नदेखाएको पूर्व कर्मचारीको भनाइ छ । माग सम्बोधनका लागि संञ्चालक समितिलाई नेपाल पत्रकार महासंघले पनि दबाब नदिएको उनीहरुको गुनासो छ ।
माग पुरा नभए सम्म नेटवर्कमा लगाइएको तालाबन्दी र रिले अनसन जारी राखिने आन्दोलित पूर्व कर्मचारी धिरज बस्नेतले बताएका छन् । रेडियो प्रसारण अबरुद्ध भएको ७२ घन्टा बित्दा पनि आफुहरुको माग सम्बोधन र रेडियो सञ्चालनका लागि पहल नगरेको भन्दै पूर्व कर्मचारीले अपत्ति जनाएका छन् ।
आफुहरुले पाउनु पर्ने बक्यौता रकम एकमुष्ट भुत्तानी हुनु पर्ने र जबरजस्त निकालिएका पत्रकारहरुको पुर्नवाहाली गरिनु पर्ने माग राख्दै उनीहरुले शनिबार बिहान ५ बजेबाट रेडियो प्रसारण नै अबरुद्ध गरेर आन्दोलन थालेका हुन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार