नेपालले भूउपग्रह अन्तरिक्षमा पठाउँदै

२०७५ आश्विन ३० गते, मंगलवार

काठमाडौं , ३० असोज । रुसले अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने तयारी गरेको छ । नेपालले प्रक्षेपण गर्न लागेको ‘नानो स्याटेलाइट’ को मोडल तयार भइसकेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०ले जनाएको छ । सन् २०१९ अगस्तभित्र अमेरिकाकाको फ्लोरिडास्थित नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) को अन्तरिक्ष केन्द्रबाट भूउपग्रह प्रक्षेपण गर्ने सरकारी योजना छ । भूउपग्रहको संरचना तयार भए पनि यसको यान्त्रिक र वातावरणीय परीक्षण गर्न बाँकी छ । नेपालले २०७४ साल माघ ३ गते क्यटेकसँग सम्झौता गरी आफ्नो भूउपग्रह निर्माण कार्य अगाडि बढाएको थियो ।

प्रतिक्रियाहरु