नेपालमा विदेशी कामदार !

२०७४ मंसिर २४ गते, आईतवार

काठमाडौं, २४ मंसिर । चालु आव २०७४/७५ को पहिलो चार महिनामा एक हजारभन्दा बढी विदेशी रोजगारीका लागि नेपाल आएका छन् । श्रम विभागका अनुसार पछिल्लो समय नेपालमा श्रम स्वीकृति लिएर आउने कामदारको संख्या बढ्दो छ । चालु आवको कात्तिक मसान्तसम्ममा भारत बाहेकका तेस्रो मुलुकबाट नेपाल विभिन्न क्षेत्रमा काम गर्न आउनेको संख्या एक हजार ४१ रहेको विभागका महानिर्देशक देवराज ढकालले जानकारी दिए । तर आव २०७३/०७४ को चार महिनामा यो संख्या चार सय ५८ मात्र थियो । चालु आवको पहिलो चौमासिकमा नेपालमा काम गर्न भन्दै सात सय १२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याकंले देखाउँछ ।
सोही अवधिमा पहिले नै नेपाल आइ काम गरिरहेका तीन सय २९ जना कामदारले श्रम स्वीकृती नविकरण गरेका छन् । गत आवको पहिलो चौमासिकमा नयाँ कामका लागि श्रम स्वीकृती लिनेको संख्याभन्दा चालु आवका श्रम स्वीकृत लिइ काम गर्ने आउने विदेशीको संख्या पाँचसय ७९ ले बढी हो । -अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु