‘नेपालमा बैज्ञानिक समाजवाद अनिवार्य र अपरिहार्य’

२०७५ मंसिर २५ गते, मंगलवार

काठमाडौं, २५ मंसिर । नेपाल कम्युनिस्ट पार्टी कैलालीको अायाेजनामा संगठन सुदृढीकरण तथा बिस्तार अभियानकाे निरन्तरता स्वरुप सोमबार बहुनिया बजारमा बिशाल जनसभा सम्पन्न भएको छ । हजारौं जनसमुदायकाे जुलुसले बजार परिक्रमा गरि सभामा परिणत भएको जनसभालाई पार्टीका पाेलिट ब्युरो सदस्य कमरेड अाेम प्रकाश पुनले प्रमुख अतिथिको रुपमा संबाेधन गरेका थिए । सामना सांस्कृतिक परिवारकाे बिशेष प्रस्तुति सहित सम्पन्न भएको सभामा स्थानीय पश्चिमेली पञ्चे बाजा र स्थानीय कलाकार द्वारा सल्यानी टप्पा र मगर नाच पनि प्रस्तुत गरेका थिए । युवा बिद्यार्थी , किसान , महिला , बुद्धिजीवी , ब्यापारी र अन्य पार्टीका समर्थक र सुभचिन्तक सहितको ठुलो जनउपस्थितिमा सम्पन्न जनसभामा पार्टीका पाेलिट ब्युरो सदस्य अाेम प्रकाश पुनले याे दलाल संसदिय पुजीवादी ब्यवस्था पुर्णरुपले असफल भैसकेको कारण अब नेपालमा बैज्ञानिक समाजवाद अनिवार्य र अपरिहार्य भैसकेको बताएका थिए । अखिल क्रान्तिकारी कैलालीका जिल्ला अध्यक्ष बवरजंग सिहकाे संञ्चालन, कैलाली जिल्ला पार्टी सचिवालय सदस्य रक्तिमकाे अध्यक्षता र पञ्चराम महताराकाे स्वागत मन्तब्यबाट सुरु भएको जनसभामा पार्टीका जिल्ला ईन्चार्ज बिवेक कुमाल, सचिव प्रकाश मल्ल , महाकाली ब्युरो कार्यालय सचिव संघर्ष , अखिल नेपाल भुमिहिन सुकुम्बासी संघका केन्द्रीय उपाध्यक्ष मिनराज गिरी , अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य झलक बिक, ब्युरो सदस्य बिमल खड्का ,संयुक्त उद्योग ब्यापार महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण बस्नेत , काेषाध्यक्ष याेगेन्द्र बुढाथोकी लगाएत थुप्रै जिल्ला वा क्षेत्र स्तरीय नेताहरुकाे उपस्थिति रहेकाे थियोे । कार्यक्रममा डबल नेकपा, काँग्रेस , फाेरम लगाएत विभिन्न पार्टिबाट २७ जना नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेका छन् । जसमा रामचन्द्र कुवर ,हेमराज स्वार, दिपक बुढा , कमल अाेली, खडक सिजापती, अहिमता सिजापती, अमृता गिरी, सुशीला ढुङ्गाना, माया बिक, गजेन्द्र बाेहरा, सरस्वती शाही , हस्त रेग्मी , विवस बम , नृप टमटा, जगराम चाैधरी, लिखराम चाैधरी, तेजराम चाैधरी, हरि चाैधरी, गाेकर्ण जैसी, ललित बिक, प्रेम राेकाय, रवि बिक, सुरेश चाैधरी, कृष्ण अाेझा, श्याम कलि साउद र लक्ष्मी सुनार रहेका छन् । यसरी पार्टीमा धुर्बिकृत हुनेहरूलाई प्रमुखप अतिथि पुनले माला र अभिर लगाई स्वागत गरेका थिए ।
यसैबीच, कैलाली संयुक्त उद्योग व्यापार महासंघकाे प्रथम जिल्ला सम्मेलन पनि यसै साथ सम्पन्न भएको छ । सम्मेलनले दिपेन्द्र शाहीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा पुष्कर भाट, सचिव चक्र देउवा , सहसचिव माेतिलाल प्याकुरेल , मनेषाध्यक्ष बिनाेद बाेहरा, सदस्यहरुमा ललित बिष्ट , गाेकर्ण प्रसाद जाेशी, ललित बिक, प्रेम राेमाय, हरि चाैधरी, भुपेन्द्र बिक, रमेश चाैधरी, शिवराज पाण्डे , निर्मल धामी र मदन बहादुर बम रहेका छन् भने परिलाल न्युपाने काे नेतृत्वमा अमर बम, द्वारिका प्रसाद सञ्ज्याल लगायत रहेको पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । सम्मेलन र्यालि रहित खुला उद्घाटन , बन्दशेसन हुदै खुला मन्चमा घाेषणा गरि समापन गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु