नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुग्यो

२०७७ बैशाख २७ गते, शनिबार

काठमाडौं , २७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहानै विज्ञप्ति प्रकाशन गरेर थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या १०२ पुगेको जनाएका थिए । शुक्रबार नेपालगन्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा १६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या १०२ पुगेको थियो ।

प्रतिक्रियाहरु