नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो

२०७७ बैशाख २४ गते, बुधबार

काठमाडौं , २४ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोन भाइरस संक्रमितको संख्या ९९ पुगेको जनाएको छ ।
आज नियमित ‘प्रेस ब्रिफिङ’मा बुधबार बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार पर्साका १७ जनाको परीक्षण ‘पोजिटिभ’ आएपछि संक्रमितको संख्या ९९ पुगेको बताए । थपिएका संक्रमितहरु दुईमहिने शिशुदेखि ६६ वर्षसम्मका रहेका छन् । अहिलेसम्म ७१ पुरुष र २८ महिला संक्रमित भएका छन् । संक्रमितमध्ये २२ जना उपचारपछि निको भएर फर्केपनि फर्केका तीनजना पुनः परीक्षणमा पोजिटिभ देखिएपछि अस्पतालमा भर्ना भएका छन् । यसबारे अध्ययन–अनुसन्धान भइरहेको डा. देवकोटाले बताए ।
त्यसैगरी, अहिलेसम्म ‘पीसीआर’ विधिबाट १४ हजार ९६ र ‘आरडीटी’ विधिबाट ५२ हजार ९७० ओटा परीक्षण भएको छ । विगत २४ घन्टामा भने ९९१ ओटामात्र परीक्षण भएको छ । परीक्षण सामग्रीहरुको व्यवस्था कम भएकाले थोरैमात्र परीक्षण भएको र केही दिनमै तीव्ररुपमा परीक्षण हुने पनि डा. देवकोटाले बताए । देशभर १९ हजार ७३४ जना ‘क्वारेन्टाइन’मा रहेका छन् । सबैभन्दा बढी प्रदेश नम्बर–५ मा सात हजार ८८४ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै, १३६ जना ‘आइसोलेसन’मा रहेका छन् । ३३३ जना ‘रेडजोन’मा रहेका डा. देवकोटाले जानकारी दिए

प्रतिक्रियाहरु