नेपालमा कोरोना देखिएको छैन: बीरगञ्जका ब्यापारीलाई कोरोना नभएको पुष्टी

२०७६ चैत्र १० गते, सोमबार

काठमाडौं , १० चैत । नेपालमा कोरोना देखिएको छैन ,कोरोना भित्रियो , बीरगञ्जका ब्यापारी शिब कुमार रुगंटालाई लाग्यो भनेर हिजो समाचार आएपछि तनाव पैदा भएको थियो । तर पछि पटनामा उपचाररत शिब कुमारको रिपोर्ट सार्वजनिक हुदाँ कोरोना नरहेको प्रमाणित भए पछि नेपालमा यो अझै नफैलिएको स्पष्ट भएको हो । यद्यपि, जोखिम भने निकै माथि रहेको विश्व श्वास्थ्य संगठनले चेतावनी दिदै आएको छ ।
पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमुना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको छ ।
कोरोनाको आशंकामा पटना मेडिकल कलेजमा भर्ना भएको रुगंटाको स्वाब परीक्षणका लागि पटनास्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चअन्तर्गत रहेको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा पठाइएको थियो । इन्स्टिच्युटको भाइरोलोजी ल्याबका अनुसन्धान वैज्ञानिक डाक्टर सुशील कुमारले तयार पारेको रिपोर्टमा स्पष्टसँग रुंगटाको नमुना परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको लेखिएको छ ।
यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतिजामा नेगेटिभ आएको रुंगटासँगै पटना अस्पतालमा उनको पारीवारीक स्रोतले जनायो ।

प्रतिक्रियाहरु