नेपालको संविधान लेखनबारे राष्ट्रसंघको चासो

२०७१ माघ १४ गते, बुधबार

काठमाडौं, १४ माघ । संविधान लेखन प्रक्रियाले नेपालका राजनीतिक दलहरुबीच ध्रुविकरण बढिरहेको बेला संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा आज नेपालको विकसित राजनीतिक घट्नाक्रमबारे ब्रिफिङ हुँदैछ ।केही दिन अघि नेपाल भ्रमणमा आएका राष्ट्रसंघका राजनीतिक उपहासचिव जेफ्री फेल्टम्यानले सुरक्षा परिषदमा नेपालबारे जानकारी गराउने बताइएको छ ।
अमेरिकाको न्युयोर्कमा आएको भिषण हिमपातले सुरक्षा परिषदको हिजोको वैठक भने स्थगित भएको थियो । आज स्थानीय समय अनुसार विहान १० बजेका लागी बैठक तय गरिएको छ ।
बैठकमा मध्यपुर्वमा जारी तनाव र राष्ट्रसंघिय सुरक्षा योजनाको कार्यान्वयन सम्बन्धी महासचिव बान की मुनको प्रतिवेदन पेश गर्ने र अन्य विषयमा नेपाल मामिलामा छलफल गर्ने एजेण्डा तय भएको छ ।
राष्ट्रसंघमा नेपालको प।िस्थतीबारे ब्रिफिङ हुने पुर्व सन्ध्यामा हिजो नेपालस्थित राष्ट्रसंघका पाँच स्थायी सदस्य राष्ट्र र भारतका राजदुतहरुले सामुहिक परामर्श गरेका छन् ।
नेपालस्थित अमेरीकी राजदुत पिटर डब्ल्यु बोडेले बोलाउनुभएको हिजो राजदुतको वैठकमा पि फाईभ भनेर चिनिने अमेरीका, बेलायत, फ्रान्स, रुस र चीनका राजदुतहरु तथा सुरक्षा परिषदको अस्थायी सदस्य राष्ट्र भारतका राजदुत सहभागी थिए ।
नेपाल मामिलामा अन्य देशहरुभन्दा फरक दृष्टीकोण राख्दै आएको चीनलाई समेत बोलाईएको हिजोको वैठकले कुटनीतिक वृत्तमा निकै महत्व राख्ने जानकारहरु बताँउछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु