‘ नेपालको संविधान तत्काल खारेज गर्नुपर्छ ‘

२०७२ माघ १६ गते, शनिबार

काठमाडौं, १६ माघ । आदिवासी जनजातिका अगुवाहरुले नेपालको संविधान तत्काल खारेज गर्न माग गरेका छन । उनीहरुले नेपालको संविधान तत्काल खारेज नगरे चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् । काठमाडौंमा आज गरिएको विरोधसभामा सहभागी आदिवासी जनजातिका अगुवाहरुले संविधानले आफूहरुका माग सम्बोधन नगरेको भन्दै तत्काल खारेज गर्न माग गरेका हुन् । उनीहरुले नयाँ संविधानले आदिवासी, पिछडिएका वर्ग, मधेसी, मुस्लिम र दलितहरुको माग सम्बोधन गर्न नसकेको आरोप लगाए ।
अन्तरिम संविधानबाट पाइसकेको पहिचानसहितको अधिकार नयाँ संविधानले कटौती गरेका कारण आन्दोलनमा उत्रनुको विकल्प नभएको उनीहरुको भनाई थियो । विरोधसभापछि आदिवासी जनजातिहरुले र्‍याली निकालेका थिए ।
भृकुटीमण्डपबाट सुरु भएको र्‍याली नगरका विभिन्न ठाउँको परिक्रमापछि पुनः भृकुटीमण्डपमै पुगेर समापन भएको थियो । र्‍यालीमा सहभागीहरुले भूकम्प पीडितहरुको राहत वितरणमा भएको ढिलासुस्ती र पुनर्निर्माणमा भएको भ्रष्टाचारबारे छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रियाहरु