नेपालको अर्थतन्त्रको आकार ७.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

२०७६ आश्विन २७ गते, सोमबार

काठमाडाैँ, २७ असाेज । विश्व बैंकले सन् २०१९ मा नेपालको अर्थतन्त्रको आकार ७.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष सन् २०१८ को तुलनामा यो सन्तोषजनक वृद्धि हो । सन् २०१८ मा ६.७ प्रतिशत आर्थिक वृद्धिदर थियो ।
बैंकले गरेको प्रक्षेपण अनुसार दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा बढी आर्थिक वृद्धिदर बंगलादेशको रहने छ भने दोस्रो स्थानमा नेपाल छ । विश्व बैंकका अनुसार त्यसपछिका वर्षमा भने आर्थिक वृद्धिदर केही घट्नेछ । नेपालमा सन् २०२० मा ६.४ प्रतिशत, सन् २०२१ मा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकको छ ।
दक्षिण एसियामा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर बंगलादेशले हासिल गर्ने देखिएको छ । यसैगरी, भारतको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने अनुमान गरिएको छ । त्यसपछिका वर्षमा भारतको वृद्धिदर सकारात्मक रहने उल्लेख गरिएको छ । जसका अनुसार नेपालमा अर्थतन्त्रका सकारात्मक संकेत देखिएको छ । नेपालमा खासगरी सेवा क्षेत्रमा भएको सकारात्मक वृद्धिले आर्थिक वृद्धिदरलाई सहयोग गरिरहेको विश्व बैंकको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु