‘नेपालका विश्वकोश’कृति प्रकाशित

२०७२ श्रावण १६ गते, शनिबार

काठमाडौँ । विद्वान् हेमराज शर्माबारे उनको निधनको ६२ वर्षपछि ‘नेपालका विश्वकोश’शीर्षकमा पुस्तक प्रकाशन भएको छ । पत्रकार व्याकुल पाठकले शर्माबारे उपलब्ध सामग्री र विभिन्न व्यक्तिसँग अन्तर्वार्ताका आधारमा जीवनी पुस्तक तयार पारेका हुन् । नेपालमा राणा शासन कायम रहेका बेला करिब ५० वर्ष शर्माले सरकारको प्रमुख सल्लाहकारका रूपमा काम गरेका थिए । प्रशासनिक काममा सरकारलाई सल्लाह दिनाका साथै उनि नेपालको इतिहास, पुरातत्व, साहित्य तथा व्याकरणको अध्येता तथा ज्ञाता पनि थिए । विभिन्न समयमा नेपाल भ्रमण गर्ने विदेशी विद्वान्ले उनलाई ‘नेपालका विश्वकोश’ भनेका थिए । शर्माले लेखेका नेपाली र संस्कृतका विभिन्न पुस्तकमध्ये व्याकरणको पुस्तक ‘चन्द्रिका गोर्खाभाषा–व्याकरण’ विशेष महŒवपूर्ण मानिन्छ । यही व्याकरणका आधारमा अन्य व्याकरणको रचना भएको र सो व्याकरणपछि नै नेपाली भाषाले एकरुपता पाएको मानिन्छ ।
कृतिमा शर्माको जीवनी मात्र नभएर उहाँसँग जोडिएर तत्कालीन समयको इतिहास पनि आएको छ । यसमा शर्माका सबै पक्षलाई समावेश गरिएकाले भाषा–साहित्य, इतिहास तथा पुरातŒवका जिज्ञासुलाई कृति उपयोगी हुने लेखक पाठकले बताए । कृति विद्वच्छिरोमणि हेमराज पुरस्कार गुठीले प्रकाशन गरेको हो ।

प्रतिक्रियाहरु