नेपालका ख्रुश्चोव पन्थी कम्युनिस्टहरुको एकता अनिवार्य – हस्तबहादुर के.सी.

२०७४ मंसिर २९ गते, शुक्रबार

नेकपा ( एमाले ) र नेकपा ( माओवादी केन्द्र ) ख्रुश्चोव पन्थी नामधारी कम्युनिस्ट हुन । कम्युनिस्ट पार्टीको को झण्डा झुनाएका नक्कली कम्युनिस्ट हुन । उनिहरुले अाफूलाई वामपन्थी भन्दै जनतालाई ढाँट्दै र झुक्याउँदै अाएका छन् । एमाले – माके दुवै मदनकुमार भण्डारीले प्रतिवादन गरेको ” जनताको बहुदलीय जनवादका समर्थक हुन। बहुदलीय जनवाद ख्रुश्चोव पन्थी विचार हो । यश विचारका सिध्दान्तकार रुस ( Russia) का निकिता ख्रुश्चोव हुन।
सन १९५६ तिर ख्रुश्चोव रुसी कम्युनिस्ट पार्टीका महासचिव र तत्कालीन सोभियत संघको राष्ट्रपती थिए । कमरेड स्टालिनको मृत्युु पछि सन १९५६ को फेब्रुअरीमा अखिल संघीय सोभियत कम्युनिस्ट पार्टी ( बोल्सेविक) को बीसौं महाधिवेशन हुदै गर्दा तत्कालीन राज्यप्रमुख निकिता ख्रुश्चोवद्वारा २४-२५ तारिखको मध्ये रातमा स्टालिनको बिरुद्धमा लामो रिपोर्ट पेस गर्दै पुजीवादी , संशोधनवादी प्रस्ताव पेस गरेर पारित गराएका थिए ।
त्यस पछि सोभियत मोडलको समाजवादभित्र संशोधनवादको हावा हुरी चलाइएको थियोे र त्यसले विश्व कम्युनिस्ट अान्दोलनलाई र विश्व वैज्ञानिक समाजवादी शिविरमा ठूलो धक्का पुगेको थियो ।
३४ वर्ष पछि मिखाएल गोर्भाचोवको पालामा पुगेर सन १९९० मा सोभियत संघको विघटन गरिएको थियोे यसलाई नै अाधुनिक संशोधनवाद भनिन्छ र ख्रुश्चोवलाई अाधुनिक संशोधनवादका पिता भनिन्छ । नेपालमा वर्तमानका एमाले र माके ख्रुश्चोवका चेला हुन किनभने यिनीहरूले बहुदवादलाई अाफ्नो गाइड लाइन मान्दछन् ।
ख्रुश्चोवले सम्पूर्ण जनताको पार्टी , सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमनको सिध्दान्त अवलम्बन गर्दै तथा वर्ग संघर्ष , सर्वहारा वर्गको अधिनायकत्व र सशस्त्र संघर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा पुँजीवादको स्थावना गरेकोे थियो । यहाँ नेपालमा एमाले र माके पनि त्यही लाईनबाट संगसंगै अगाडि बढिरहेका छन् र अहिले वाम गठवनदन गरेर चुनाव पनि जितेका छन् र पहिले घोषणा गरेर चुनावमा होमिएका हरु अब पार्टी एकताको बहस चल्दै छ । यिनीहरूको बिचमा एकता अनिवार्य छ । एउटै घरमा बस्न थाले पछि दुईवटा चुला चौखा जोडिरन पनि सुहाउँदैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु