नेतृत्व हस्तान्तरण गर्न तयार छु : दाहाल

२०७१ असार ३ गते, मंगलवार


काठमाडौ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियामा आइसकेपछि फटाहासँग संगत बढेको बताएका छन् ।उनले भने ‘हामीले राजनीतिभन्दा कुटनीतिलाई जोड दियौं, जुन गल्ती भयो,’ ‘यसको जिम्मेवारी म आफैं लिन्छु ।’ उनले आफूले बेपत्ता र घाइते परिवारको पीडा बुझेको दाबी गरे । ‘काम गर्दै जाँदा ठेस लाग्न पुग्यो,’ ‘तपाईंहरु पत्याउनुहुन्न भने म नेतृत्व हस्तान्तरण गर्न तयार छु ।’
‘शान्ति प्रक्रियामा आइसकेपछि वर्गीय निष्ठा हरायो, गरिबसँग मिल्नुपर्नेमा जालीफटाहासँग संगत भयो,’ युद्धका बेला राज्यले बेपत्ता पारेका बिपीन भण्डारीलगायतको सम्झनामा राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले भने, ‘त्यसले पार्टीलाई घाटा पुर्‍यायो ।’

प्रतिक्रियाहरु