नेताहरु कुर्चीको पछि लागे : विप्लव

२०७२ जेष्ठ ११ गते, सोमबार

काठमाडौँ । नेकपा माओवादीका महासचिब नेत्र बिक्रम चन्द “विप्लव”ले नेपालका राजनीतिक दलका नेताहरु भूकम्प प्रभावित क्षेत्रको उद्दार राहत र पुनर्निर्माण तिर भन्दा पनि कुर्चीको पछि लागेको आरोप लगाएका छन् । भूकम्प प्रभावित क्षेत्रको अबलोकन तथा दोस्रो चरणको उद्दार तथा पुनर्निर्माण अभियानमा रहेका माओवादी महासचिब “विप्लव” ले सर्लाहीको हजरिया पुगेर यस्तो बताएका हुँन।
पार्टीका पोलिटब्युरो सदस्य चित्र बहादुर आलेकी जिबन संगिनी गजुमाया आलेको दशौ दिनको अबसरमा आयोजित श्रदान्जली कार्यक्रममा बोल्दै “विप्लव”ले भने हाम्रो दशका नेताहरु भूकम्पको क्षतिको व्यवस्थापन गर्नु भन्दा पनि सत्ताको कुर्ची पछी लागेको बताए।
सर्लाहीको हजर्रिया स्थीत नेता आलेको घरमा आयोजित श्रदान्जली सभामा बोल्दै अगाडी भने माओवादीका केहि नेताहरुका कमजोरीलाई देखाएर एमाले र काँग्रेसले माओवादी आन्दोलानलाई अपराधीकरण गर्न खोजिएको आरोप लगाए।
यस्तै “विप्लव”ले आफ्नो पार्टीको जनमुक्ति सेना बिगठन नभएको बताउदै दुइ सत्ता र दुइ सेना बिच रोल्पामा भएको ५ बुदे सहमति कार्यन्वयन भए आफुहरु प्रजातान्त्रीकशक्ति संग सहाकार्य गर्न तयार भएको विचार व्यक्त गरे ।
त्यस्तै सभामा बोल्दै “विप्लव”ले तत्काल भूकम्प प्रभावित क्षेत्रका जनतालाई अस्थायी बसोबासको लागि राज्यले सोच्नुपर्ने बताएका छन ।
भूकम्प प्रभावितलाई दुइ प्रकारले बर्गिकरण गर्दै भत्किएको घरमा बस्न मिल्ने र नमिल्नेलाई छुट्याएर तुरुन्त राहतवितरण उद्दार र पुनर्निर्माण अभियानलाई बढाउनुपर्ने बिना धितऋण दिनुपर्ने बस्न नमिल्नेगरी घर भत्किएकालाई बर्षा सुरु हुनु अगाबै टेन्ट र जस्तापाता दिनुपर्ने बताएका छन्।
त्यस्तै भूकम्प प्रभावित क्षेत्रको उद्दार राहत वितरण र पुनर्निर्माणको काममा सम्पूर्ण पार्टीका युवालाई सयुक्त रुपमा परिचालन गर्न समेत आग्रह गरे कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य इश्वरी दाहाल केन्द्रिय सदस्य चिरन पुन केन्द्रिय सदस्य टेक बहादुर बलाम्पाकीका साथै एमाले जनमोर्चालगायतका स्थानीय राजनीतिक दलका नेताहरुले समेत श्रद्धाञ्जली मन्तब्य राखेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु