नेकपा रुकुमद्वारा एकिकृत जनजागरण तथा प्रतिरोध अभियान सुरु

२०७४ बैशाख ७ गते, बिहीबार

काठमाडौं , ७ बैशाख । नेपाल कम्यूनिष्ट पार्टी रुकुमले एकिकृत जनजागरण तथा प्रतिरोध अभियान सुरु गरेको छ । अब हुने स्थानीय तहको चुनाव बहिष्कार गर्न पार्टी ले बुधवारदेखि उक्त अभियान सञ्चालन गरेको हो । आगामी बैशाख ३१ का लागि तय भएको स्थानिय तहको चुनाव जनताको पक्षमा नभएकोले यसको खारेज गर्नुपर्ने भन्दै नेकपाले यस्तो अभियान सञ्चालन गरेको हो । स्थानीय तहको चुनाव कुनै व्यक्तिका लागि भन्दा पनि जनताको पक्षमा हुनुपर्ने भन्दै नेकपाले विरोध अभियान सञ्चालन गरेको बताएको छ । रुकुमको मुसिकोटमा गरेको विरोध कार्यक्रमा बोल्ने अधिकांश नेताहरुले अहिले हुन लागेको स्थानिय तहको चुनाव जनताको पक्षमा भन्दामा पनि राष्ट्रघाती दलालहरुको पक्षमा रहेकोले यसको पुरै खारेज गर्न आफ्नो पार्टिको माग रहेको बताए ।
लामो सयमपछि हुन लागेको स्थानीय तहको चुनावमा जनताका अधिकार बिहिन चुनाव गर्न अहिलेको सरकार तयार भएकाले आफ्नो पार्टीले सरकारसगं जस्तोसुकै परिस्थितीसंग लडेर भए पनि चुनाव बहिष्कार गर्ने जिकिर गरे । दश वर्षीय जनयुद्धबाट प्राप्त भएका उपलब्धि अहिले आएर गुम्ने खतरा भएको यसको रक्षा गर्न आफ्नो पार्टी अव वैचारिक लडाई लडने लागिसकेकोले बताए । सहिदले रोजका सपनाहरुलाई वेवास्ता गरेर अहिलेको सरकारले पुरानै तरिकाले स्थानीय तहको चुनाव गर्न लागेकोले यो आफूहरुलाई मान्य नहुने भन्दै जोमिख मोलेर भए पनि स्थानीय तहको चुनाव बाहिष्कार गर्न पछि नहटने चेतावली दिएका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु