नेकपा मोरङका जिल्ला ईन्चार्ज पुष्कर गिरफ्तार

२०७४ मंसिर ३ गते, आईतवार

काठमाण्डौ , ३ मंसिर । मोरङको आईतवारेबाट नेपाल कम्युनिष्ट पार्टीका मोरङ ईन्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर) लाई प्रहरीले गिरफ्तार गरेको छ । सडकमा हिडिरहेको अवस्थामा शनिवार साझ श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको जनाईएको छ । श्रेष्ठलाई जिल्ला प्रहरी कार्यलय मोरङमा राखिएको प्रहरीले जनाएको छ ।
यस्तै मोरङबाटै नेकपा जिल्ला सदस्य तथा बिद्यार्थी अध्यक्ष फडिन्द्र रजवंशि र सुनबर्सि नगरपालीकाका सेक्रेटरी हरि राजवशींलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो ।
यसैबीच नेकपा मोरङले भने शान्तिपूर्ण राजनितिक गतिबिधिमा रहेको पार्टीका नेता कार्यकर्तामाथिको धरपकड बन्द गर्न आग्रह गरेको छ । नेकपा माओरङका सेक्रेटरी उदय राईले पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरे । उनले बिना कारण जिल्ला ईन्चार्ज सहितका नेताहरुलाई गिरफ्तार गरिएको भन्दै यस्तो कार्य तत्काल बन्द नगरिए आफुहरु पनि प्रतिकार सहितका कार्यक्रमका साथ ससक्त रुपमा अघि बढने चेतावनी दिए ।

प्रतिक्रियाहरु