नेकपा (माओवादी केन्द्र ) एमालेमा परिणत – हस्तबहादुर केसी

२०७३ आश्विन ४ गते, मंगलवार

नेकपा (माओवादी केन्द्र ) अब एमालेमा परिणत हुन पुगेको छ । एमालेले बहुलवाद मान्छ , माओवादी केन्द्रले पनि बहुलवाद मान्छ । एमालेले २०५३ साल असोज ४ गते महाकाली नदी भारतलाई बेचेर राष्ट्रघाती बन्यो । माओवादी केन्द्रले पनि २०६८ कार्तिक ४ गते भारतसँग विप्पा संझौता गरेर शुरु गरेको राष्ट्रघातको यात्रा २०७३ साल भाद्र ३१ गते माओवादीका प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा एमालेले बचेको र नेपाली जनता र देशभक्त जनवादी क्रान्तिकारी कम्युनिस्टहरूक‍ो व्यापक विरोधका कारण भारतले कार्यान्वयनमा ल्याउन नसकेको महाकाली पञ्चेश्वर परियोजना पुन: जागृत गराउने र नेपाली जनताले ब्यापकरुपमा विरोध गर्दै आएको अरुण ३ र अपरकर्णालीलाई कार्यन्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले ल्याप्चे लगाएपछि माओवादी केन्द्र एमालेमा परिणत हुुन पुगेको हो ।
दुबै पार्टी संसदीय , राष्ट्रघाती र भारतीय विस्तारवादका दलाल बनिसके पछि अलग अलग पार्टी किन चलाउनु पर्यो ? अब यी दुबै पार्टीलाई गाभेर एउटै पार्टी नेकपा ( एकेन्द्र ) बनाउनु सबैभन्दा उपयुक्त हुन्छ । तर्क गर्नेहरुले त प्रश्न गर्न सक्लान कि माओवादी केन्द्र दस वर्षे जनयुध्द लडेर आएको पार्टीसं कसरी एमालेसंग एकता हुन सक्छ ? भन्ने ठाऊ छ तर अर्क‍ो तर्क गर्ने ठाऊ पनि त छ नि, एमालले त झन माओवादी जनयुध्द शुरु गर्न भन्दा २४ वर्ष पहिले नै झापा सशस्त्र संघर्ष चलनययको थिय‍ो । भन्नेहरुले त भन्न सक्ने भए कि माओवादी भन्दा पहिले नै बन्दुक उठएको थियो भनेर ।
कुरा साँचो माओवादी केन्द्र पनि बन्दुक ब‍ोकेरै शान्ति प्रक्रिया हुँदै साम्राज्यवादीहरु र विस्तारवादीहरुका सामु आत्मसमर्पण गर्दै विशेष गरि सत्तामा पुग्न टाँसी रहने उद्देश्यलले भारतीय विसतारवादका सामु आत्मसमर्पण गर्दै कांग्रेससं मिलेर एमाललाई धुलोमा पछार्दै प्रचण्डलाई प्रधानमन्त्रि बनाउदै एमाले २० वर्ष पहिले नै भारतलाई बेचिसकेको तर जनताको व्यापक विरोधका कारण नुन खाएक‍ो चल्लो झोंग्रि रहेको राष्ट्रघाती महाकाली सन्धिलाई कार्यान्वयनमा ल्याउन भारत सरकारलाई ल्याप्चे ठोकि दिए पछि एमाले र माओवादी केन्द्र एउटै ठाउँमा आएनन् र, आए । अब एउटै ठाउँमा आए पछि के खाएर एमाले र माओवादी केन्द्रले अलग अलग पार्टी चलाउने त भन्ने तर्क सबै भन्दा बलिय‍ो भएन ? सहि उत्तर आउँछ भयो । यति भए पछि यी दुई पार्टीले किन पो अलग अलग पार्टी चलाउने र पदका लागि झगडा गरेर दुनीया हँसाउनु पर्यो र ! त्येसो भएर एमाले र माओवादी केन्द्रका विच एकता गर्नु नै सबैभन्दा उपयुक्त हुन्छ ।
एमालेले धेरै पअिलेदेखि नै नयाँ जनवादी क्रान्तिक‍ो कार्यक्रम त्यागेर बुर्जुवा संसदीय व्यबस्था मान्दै आएको छ । माओवादी केन्द्रले पनि नयाँ जनवादी क्रान्तिको कार्यकर्मलाई त्यागेर उहीँ नेपालको कम्युनिस्ट आन्दोलनमा सत्तामा पुग्न र टाँसी रहने उद्देश्यले धारतीय विस्तारवादी शासकहरुको गुलाम बन्दै संसदीय व्यबस्थामा चुर्लुमबै डुप्न पुगेको उहीँ पुरानु पुँजीवादी तथा साम्राज्यवादीहरुले प्र्योग गर्दै आएको पुँजीवादी संसदीय व्यबस्थामा आँखा चिम्लेर सत्तामा पुग्न र टाँसी रहन सकिन्छ भन्ने लक्ष्यका साथ भारतीय विस्तारवादी शासकहरुको गुलाम बन्न पुगे पछि एमाले र माओवादी केन्द्रका विच अन्तर कहाँ रहयो र ! भन्नू होस् सिध्दान्त, विचार , राजनीति, लक्ष्य, उद्देश्य र कार्यक्रम एउटै भए पछि किन प‍ो अलग अलग पार्टी चलाउनु पर्य‍ो र ! त्यसो भएर एमाले र माओवादी केन्द्र विच एकताको विकल्प छैन ।
पहिलो संविधान सभा विघटन गर्दा होस्, कथित द‍स्रो संविधानसभनको निर्वाचन गर्दा होस, या प्रतिगामी संविधान तयार पार्दा होस् वा प्रतिगामी संविधान घोषणा गर्दा होस् सबै जनघाती र राष्ट्रघाती कृत्य गर्दा खेरि एमाले र माओवादी केन्द्रले सल्लाह गरेरै आएका छन् , कतै विमति छैन , यति भए पछि एमाले र माओवादी केन्द्र एउटै ठाउँमा आएनन् त । कुनै पूर्वाहग्रविना भन्नू पर्छ कि अब एमाले र माओवादी केन्द्रका विच एकताको विकल्प छैन ।
अर्को स्मरणयोग्य कुरा के छ भने १ वर्ष पहिले नै प्रचण्डले १ वर्ष भित नेपालमा एक नम्बरको पार्टी बनाउँछु भनेर घोषणा गरेका थिए । अब १ वर्ष पनि पुग्यो । कार्यन्वयन गर्ने वेला पनि आयो । १ वर्ष पहिले प्रचण्डले ” सकभर एमालेसित पार्टी एकता हुन्छ , यदि त्यसो हुन सकेन भने स्थानिय चुनावमा त कार्यगत एकता त हुन्छ हुन्छ ” भनेका थिए । अत: यी सबै कुराको वातावरण प्रचण्डले बढो बुध्दिमत्त तरिकाले मिलाउँदै पनि आएका छन् । यति वातापरण मिलाई सके पछि एमाले शीत एकता गर्न के कठिनाई भयो र ! माओवादी केन्द्रलाई ।
एकता गर्दा एमाले र माओवादी केन्द्रलाई बरावर फाइदा हुने छ किनकि यी दुबै पार्टी संसदीय चुनावमा जाने हुन । चुनाव जित्न त अरबौ पैसाका अतिरिक्त कार्यकर्ता र संगठनहरुको आवश्यक्ता पर्दछ । एमालेको केन्द्रदेखि वडातह सम्म संगठन राम्रो छ तर कार्यकर्ताहरु ngo ingo हरुको पैसा हसुरेर ढाडिएर अल्छी बनेका छन् । माओवादी केन्द्रक‍को पार्टी संगठन केन्द्र प्रदेस र जिल्ला तह सम्म मात्रै छ । गाऊँका सबै २५०० अगुवा कार्कर्ताहरु माकेले केन्द्रीय समितिमा ल्याई सकेको छ पो । बाँकी रहेका ठिनामिनाहरुलाई मात्र माकेले प्रदेश कमिटि र जिल्ला समितिहरुमा अल्झाएको छ। यति भएर पनि एमालेका भन्दा माओवादी केन्द्रका कार्कर्ताहरु हालतकसम्म केही जाँगरिला र फुरतिला छन् । यिनिहरु र यस्तै खाले कार्यकर्ताहरु चुनावमा बहुत काम लाग्छन् । पछि त माकेका कार्यकर्ताहरु पनि एमालेका जस्तै अल्छी बन्ने त निस्चित छ । अहिले नै एकता हुने हो भने प्रचण्डले घोषणा गरे बमोजिम चुनावी प्रक्रियाबाट एक नम्बरको पार्टी बन्ने प्रवल सम्भावना छ । यसकारणले पनि माके र एमालेले जति छिटो एकता गर्छन् उति धेरै फाइदा हुनेछ उनिहरुलाई ।
अर्क‍ो एउटा तर्क जवरजस्ति अगाडि आउने वाला छ त्यो के हो भने आाजकल माके र एमालेका विच काटाकाट र मारामार छ यस्तो वेला कसरी यी दुबैका विचमा एकता होला भन्ने । ह‍ो, यसको वास्तविक्ता पनि बुझ्न जरुरी हुन्छ । कुरा के हो भने माओवादी मेन्द्रले अर्थात प्रचण्डले एमालेको अर्थात के पि ओलीको प्रधानमन्त्रि पद खोसिदिए पछि विल‍ो खोसिदिएपछि जसरि कुकुरहरु घ्यारघ्यर र ङरङर गर्दछन्, त्यस्तै एमाले अर्थात के पि ओलीले विलो लुटिएपछि कुकुरहरुले गरेको घ्यारघ्यार र ङरङर मात्रै हो । पछि कुनैवेला वातावरण मिलाएर माकेले एमालेलाई प्रधानमन्त्रिक‍ो विलो फ्याकिदियो भने एमाले चुप्प बसेर प्रतण्डको गुणगान गरेर खान्छ । सबैलाई जाकारि भएमै कुरा त ह‍ो एमालेका माधव कुमार नेपाल, झलनाथ खनाल र के पि ओलीलाई प्रधानमन्त्रि बनाएक‍ो प्रचण्डले त ह‍ो, तत्कालिन एमाओवादीले त बनाएको हो । एमालेको त प्रधानमन्त्रि बनाउने बुता कहाँ थियो र । बनाएक‍ो त प्रचण्डले हो । एमालेहरु त प्रचण्डभन्दा बेमान र बैगुनि भएर मात्रै हो नत्र भने एमालेहरुले त विशेष गरि माधव नेपाल, झलनाथ खनाल र के पि ओलीले त अध्यात्मवादीहरुले जस्तै प्रचण्डको मूर्ति बनाएर शिवलिङ्गलाई फुलमाला, पानी, अक्षिता चढाएर दिनहुँ पूजा गरे झै पूजा अाजा गर्नु पर्ने हो ।
अत: यी सब कुराका अाधारमा नै एमाले र माओवादी केन्द्रका विच एकता अपरिहार्य बन्न पुगको छ भन्ने विश्लेषण गरिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु