नेकपा माओवादी सबैभन्दा अगाडि

२०७२ असार ६ गते, आईतवार

>काठमाडौँ । गत वैशाख १२ गते ८२ वर्षपछि नेपालमा विनाशकारी भूकम्प आयो । यसबाट कसैले नसोचेको मानवीय र भौतिक क्षति हुन पुग्यो । मध्य नेपालका १७ जिल्लालाई क्षतविक्षत बनायो । मानिसहरू घरबारविहीन भए नाङगै र भोकै खुला आकाशमुनि पुगे । सरकार औपचारिकतामै सिमित भयो । राजनीतिक पार्टी पनि के गरौँ र कसो गरौँको अवस्थामा पुगे । मानिसहरू अभिभाबकको खोजी गर्न थाले । सत्तापक्ष र प्रतिपक्षमा बसेका राजनीतिक जनताले नदेख्ने गरी दुलाभित्र पसे पनि नेकपा माओवादीले १२ गतेबाटै सिङ्गो पार्टी पंक्तिलाई उद्धारमा खटायो । पार्टी महासचिव विप्लव कामको सिलसिलामा काठमाडौँ बाहिर थिए । उनले वैशाख १२ गते चार बजे विज्ञाप्ति जारी गर्दै सम्पूर्ण नेता, कार्यकर्तालाई उद्धारमा खट्न निर्देशन दिए । उनको निर्देशसँगै नेकपा माओवादीका नेता, कार्यकर्ता भूकम्पको केन्द्रविन्दु बारपाकमा सरकारी संयन्त्रभन्दा पहिले पुगेर उद्धार लागे ।
वैशाख १६ गते नेकपा माओवादीको काठमाडौँमा उपलब्ध केन्द्रीय समिति सदस्य र जबसका प्रमुखको सहभागीतामा काठमाडौँमा विशेष बैठक बस्यो । बैँठकले सिङ्गो पार्टीलाई उद्धार, राहत र पुनर्निर्माणमा लगाउने निर्णय ग¥यो । बैठकको निर्णयअनुसार वैशाख १७ गते काठमाडौँको नयाँ बसपार्कको महासचिव विप्लवको नेतृत्वमा सरसफाइ गर्ने कार्य सम्पन्न भयो । रोग फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बढी चाप हुने स्थानमा सरसफाइ गरियो । कार्यक्रममा पार्टी प्रबक्ता प्रकाण्ड र स्थायी समिति सदस्य धमेन्द्र बास्तोलाका साथै नेता कार्यकर्ताको सहभागिता थियो ।
भूकम्पबाट घाइतेहरूको उपचारको क्रममा काठमाडौँका अस्पतालमा रगतको अभाव भइरहँदा पार्टीको आयोजनामा वैशाख १८ गते भृकुटीमण्डपस्थित रेडक्रसमा रक्तदान कार्यक्रम सम्पन्न भयो । महासचिव विप्लवले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । त्यसैगरी बैशाख १९ गते र कालिमाटी र आसपासको क्षेत्रका साथै भक्तपुर र ललितपुरका बढी चाप भइरहेको स्थानको पनि सरफाइ गर्ने कार्य सम्पन्न भयो ।
भूकम्पबाट घरबारविहीन बनेका पीडितको अस्थायी बसोबासको लागि महासचिव विप्लवकै नेतृत्वमा वैशाख २० गते काठमाडौँको टोखाबाट टहरा निर्माण कार्यको सुरूवात भयो । त्यसैगरी वैशाख २१ गते भक्तपुरको चाँगुनारायणका पीडितको बसोबासको लागि टहरा निर्माण कार्यको सुरूवात भयो ।
यतिवेलासम्म कुनै पनि राजनीतिक पार्टीले आफ्नो संगठन परिचालनको कुरासमेत गरेका थिएनन् । विप्लव पीडितको घरआँगनमा पुग्दा उनीहरूले ठूलो राहतको महसुस गरेका थिए । मानिसहरू निरासाबाट आशामा फर्कन थाले । विप्लवले टोखा र चाँगुनारायणमा पुग्दा भूकम्पले छियाछिया भएकाहरू मनहरूमा आशाका किरणहरू देखिए । सबैतिर स्थानिय पार्टी परिचालित भएको थियो । पहिलो चरणको कार्यक्रम सकियो ।
दोस्रो चरणमा नेकपा माओवादी बढी प्रभावित १२ जिल्लामा उद्धारको लागि सेती–महाकाली र मेची कोशीबाट युवा दस्ता पठायो । उसले व्यवस्थित उद्धार र पुनर्निर्माणको लागि खटिने युवाहरूलाई काठमाडौँको डिल्लीबजारस्थित पद्म कन्य उच्च माध्यमिक विद्यालयमा इन्जियरबाट प्रशिक्षण दिन लगायो । पाँच जना इन्जिनियरले बस्न मिल्न र बस्न नमिल्ने घर कसरी छुट्याउने र टहरा निर्माण सम्बन्धि तालिम तथा प्रशिक्षण दिएका थिए । यतिवेलासम्म कुनै पनि राजनीतिक पार्टीका नेताको दिमागमा आफ्नो संगठन परिचालनको कल्पना समेत थिएन । जब रातो टिसर्ट लगाएका तालिम प्राप्त युवाहरू भूकम्प प्रभावित जिल्ला पुग्न थाले अन्य राजनीतिक पार्टीहरूलाई ठूलो दबाब भयो । त्यसपछि अन्य राजनीतिक पार्टीले पनि होहल्ला गर्न थाले । उनीहरूलाई न उद्धारसम्बन्धी ज्ञान नै दिएको थियो ।
तालिम प्राप्त युवाहरूलाई नेकपा माओवादीले गोरखाको बारपाक, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङलगायत बढी प्रभावित जिल्लामा पठायो । उनीहरूले पहिलो मानवीय उद्धार गरे र बसोबासको लागि पुनर्निर्माणमा जुटे । पार्टीले राहत नपुगेका केही ठाउँहरूमा राहत वितरण समेत ग¥यो । नेकपा माओवादीले महासचिवको नेतृत्वमा मकवानपुरको देउराली गाविसको गोगनीमा पहिलो राहत वितरणको सुरूवात ग¥यो ।
महासचिव विप्लव र प्रबक्ता प्रकाण्ड राहत र पुनर्निर्माणको लागि युवा दस्ता लिएर भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक पुगे । पैदलबाट बारपाक पनि पहिलो पटक विप्लव नै पुगे । त्योभन्दा पहिले प्रधानमन्त्री सेनाको हेलिकोप्टर चढेर त्यहाँ पुगेका थिए । पीडितसँगको भेटमा वर्षापछि पुनर्निर्माण हुन्छ भनेपछि बारपाकीले बहिस्कार गरे । पैदल पुगेका विप्लवले ध्वस्त बारपाकको चार घण्टाको अवलोकनपछि पुनर्निर्माणको उद्घाटन गरे ।
वैशाख २९ गतेको ठूलो पराकम्पनपछि नेकपा माओवादीले परिचालनलाई ठूलो स्केलमा पु¥याउने योजना बनायो । केन्द्रीय समितिको बैठकले ‘भूकम्पीय ध्वंसलाई पुनर्निर्माणमा बदलौँ’ विपत्तिलाई समृद्धिको आधारमा बनाऔँ’ भन्ने मुख्या नारा तय गर्दै अर्को चरणको उद्धार, राहत तथा पुनर्निर्माणलाई अभियानात्मक रूपमा अगाडि बढायो । यस पटक उसले १७ जिल्लामा एकएक जिल्लामा एक जना केन्द्रीय सदस्यको नेतृत्वमा टोली पठायो । बढी क्षति भएको जिल्लामा दुई समूह समेत गरी २५ समूहलाई योजनाबद्ध रूपमा परिचालन ग¥यो । प्रत्येक समूहमा १० जना रहने र उसले १० दिनसम्म अनिवार्य रूपमा काम गर्नुपर्ने नीति बनायो ।
वैशाख २९ गतेको भूकम्पले केन्द्र बनाएको दोलखाको सिंगटीमा पनि पहिलो पटक नेकपा माओवादीकै उपस्थिति भयो । वैशाख ३१ गते अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष डम्बर रावलको नेतृत्वमा निःशुल्क स्वस्थ्य शिविरको सुरू भयो । यहाँ अन्य कुनै पनि राजनीतिक पार्टीका नेता कार्यकर्ताको उपस्थिति थिएन । स्थानिय कार्यकर्ता पनि सुरक्षित स्थानको खोजि गरिरहेका थिए तर नेकपा माओवादी आवद्ध स्वास्थ्यकर्मीहरू भने सबैभन्दा चुनौतिको ठाउँमा पुगे । दोलखा जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले चरिकोटमा सिंगटी पहिलो प्राथमिकता भए पनि खतरायुक्त भएकाले आपूm त्यहाँ जानुहोस् भन्न नसक्ने बताएका थिए । सिंगटी पुगेका स्वास्थ्यकर्मीले नेपाली उद्धारमा रहेको नेपाली सेना र प्रहरीलाई स्वास्थ्य सेवा प्रदान गरेको थियो ।
उद्धारको लागि आएको भारतीय सेनाले मनपरि गरिरहेको चर्चा–परिचर्चा भए पनि कसैले औपचारिक रूपमा भन्न सकेको थिएनन् । नेकपा माओवादी जेठ ३ गते खुला मञ्चमा पत्रकार सम्मेलन गरेर जेठ महिनाभित्र सम्पूर्ण विदेशी सेनालाई आ–आफ्नो देश फर्क भन्यो । त्यसको भोलिपल्ट नेपाली सेनाले विज्ञाप्ति निकालेर आपूmहरू अबको विपत्तिको सामना गर्न नेपाली सेना सक्षम भएको भन्दै घुमाउरो भाषामा भारतीय सेनालाई फर्कन आग्रह ग¥यो । हुन पनि जेठभित्रै उनीहरू फर्के ।
नेपालमा भूकम्पीय विपत्तिको बेला चीन र भारतले सीमा व्यापार सम्झौता गरे । ४१ बुँदे उक्त ‘सीमा व्यापार विस्तार सम्झौता’को २८ नं. बुँदामा नेपाली भूमीमा पर्ने लिपुलेकलाई व्यापारिक प्रयोजनको लागि प्रयोग गर्ने भन्ने उल्लेख गरे । राष्ट्रियताप्रति संवेशनशील केही व्यक्तिबाहेक अरू कुनै पार्टीले यसको विरोध गर्न सकेको थिएन । जेठ २० गते नेकपा माओवादी निकट नेपाल राष्ट्रिय बुद्धिजीबी संगठनले सीमाविद्, इतिहासविद् र सरोकारवालाबीच ‘भारत–चीन नयाँ व्यापार सम्झौता, लिपुलेक र नेपाली राष्ट्रियता’ विषयममा बृहत् अन्तरक्रिया ग¥यो । जेठ २१ गते देशभक्त संघीय जनवादी मोर्चाको तर्फबाट भारतका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीलाई सम्झौताको उक्त बुँदा खारेजीका माग गर्दै ज्ञापनपत्र बुझायो । नेकपा माओवादीले इतिहासमै पहिलो पटक चीनको राष्ट्रपतिलाई ज्ञापनपत्र दिने तयारी गरिरहेको बुझिएको छ । बिपदको बेला राष्ट्रियतामाथि भएको आक्रमणको बिरोध पहिलो पटक नेकपा माओवादीले नै ग¥यो । पछि अरू पार्टी यसबारे बोल्न बाध्य भए ।
नेकपा माओवादीले अर्को नयाँ काम ग¥यो । उसले भूकम्प प्रभावित क्षेत्रमा स्वयमसेवा गर्ने नेता कार्यकर्तालाई विशेष कार्यक्रम गरेर बधाइसहित प्रसंशापत्र दिएको छ । पार्टीले सुरू गरेको ‘उद्धार, राहत र पुनर्निर्माण’ अभियानमा खटेकाहरूको सम्मानको लागि पार्टीले सो प्रसंशापत्र प्रदान गरेको हो । यो पनि नेकपा माओवादीले मात्र गरेको छ । जेठ १८ गते त्रिभुवनपार्क थानकोट र जेठ २९ गते कीर्तिपुरको चोभारमा उक्त कार्यक्रम सम्पन्न गरिसकेको छ ।
प्रभावित १७ जिल्लामा २५ समूहमा नेता कार्यकर्ता उद्धार र पुनर्निर्माण खटिरहेका छन् । महासचिव विप्लव, प्रबक्ता प्रकाण्ड, स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलालगायत नेता कार्यकर्ता भूकम्प प्रभावित जिल्लामा गएर श्रममा जोडिएका छन् । उद्धारको क्रममा रामेछाप सेक्रेटरीलगायत आधा दर्जन नेता कार्यकर्ता घाइते भइसकेका छन् । भूकम्प प्रभावित जिल्लाका जनताले पार्टी हुनु त विप्लव माओवादी जस्तो हुनुपर्छ भन्ने गरेका छन् ।
नेकपा माओवादी स्रोतका अनुसार ३० हजार नेता कार्यकर्तालाई भूकम्प प्रभावित जिल्लामा पु¥याउने योजना बनाएको छ । अहिले पनि प्रत्येक जिल्लामा एकजना केन्द्रीय सदस्यको नेतृत्वमा उद्धार र पुनर्निर्माण जारी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु