नेकपा प्रमुुख सचेतक ढकालको घरमा बम प्रहार

२०७६ श्रावण ३१ गते, शुक्रबार

काठमाडौं, ३१ साउन । नेकपा प्रदेशसभाका प्रमुुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ । उनलाई प्रदेश सरकारको लागि खरिद गरेको सरकारी गाडीमा करोडौं भ्रष्टाचार गरेको आरोप थियो ।
रुपन्देही सैनामैना ७ मा रहेको उनको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको हो । उनले प्रयोग गर्ने लुु १ ज ४५६ नम्बरका गाडीमा लक्षित गरी बम प्रहार भएको छ । बम कसले प्रहार गर्यो‍ भन्ने खुल्न सकेको छैन । सचेतक ढकाल विगत चार दिनदेखि काठमाडौंको मेडिसिटी हस्टिलमा विरामी भएर उपचारत छन् ।
“म काठमाडौं गम्भीर विरामी भएर उपचार गर्दै छुु । राति दुुईबजेततिर बम प्रहार भएको जानकारी पाएँ”उनले भने । इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका इन्पेक्टर रवि मैनालीले बम प्रहारबाट गाडीमा क्षति पुगेको बताए । घटनाको विस्तृत विवरण आउन बाकी छ ।

प्रतिक्रियाहरु