नेकपा प्रचार सभा गर्दै

२०७५ कार्तिक २७ गते, मंगलवार

काठमाडौं , २७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी काठमाडाैंले मंसीर ८ काे विशाल जनसभाका लागि जिल्लाका विभिन्न स्थानमा प्रचार सभा गर्दै हिडिरहेकाे छ । यसै क्रममा नेकपा काठमाडाैंकाे अभियान २ ले काठमाडाैंकाे टाेखा, बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा सामना परिवारकाे टाेलीसहित प्रचार गरिरहेकाे छ । यस प्रचार अभियानका क्रममा नेकपाका केन्द्रीय सदस्य अाजाद र महिला नेतृ धिरेन्द्रा उपाध्यायलगायतले संवाेधन गरेका छन् । कार्यक्रममा बक्ताहरूले खुल्लामंचकाे विशाल जनसभामा सहभागिताका लागि अाम काठमाडाैंबासीमा अपिल गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु