नेकपा निर्मला पन्तको न्यायका लागि देशभर जनप्रदर्शन गर्दै

२०७५ मंसिर १६ गते, आईतवार

काठमाडौं , १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको न्यायका लागि आज देशभर जनप्रदर्शन गर्ने भएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि राज्ले अहिलेसम्म अपराधीहरुलाई कानुनी कठघरामा ल्याउन नसकेको र उक्त घटनामा राज्यले देखाएको लाचारी, गैरजिम्मेवारीपना र अपराधीलाई संरक्षण गर्ने गतिविधिले सम्पूर्ण आम नेपाली जनसमुदायलाई लज्जित तुल्याएको भन्दै दबाबमूलक जनप्रदर्शन गर्ने जनाएको छ ।
राष्ट्रियता, जनजीविका र जनतन्त्रका सवालमा निरन्तर संघर्ष गर्दै आइरहेको आफ्नो नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी ७७ जिल्लामा दबाबमूलक जनप्रदर्शन गर्ने केन्द्री निर्णयअनुसार कञ्चनपुरमा पनि त्यहाँको जिल्ला पार्टीले विशेष रुपमा जनप्रदर्शन गर्न लागिएको नेकपा कञ्चनपुरले विज्ञप्तीमार्फत जानकारी दिएको छ । मंसिर १६ गते दिउसो १२ बजे महेन्द्रनगरमा हुने जनप्रदर्शन कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, प्राध्यापक, बुद्धिजीवि, समाजसेवी, नागरिक समाज, अधिकारकर्मी, व्यापारी, व्यवसायी, युवा मजदुर, किसान, राजनीतिकर्मी लगायत सम्पूर्ण जनसमुदायलाई पार्टी जिल्ला इन्चार्ज अग्नि र परिवर्तनले विज्ञप्तीमार्फत हार्दिक अपिल गरेका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु