नेकपा देशभर बिरोध प्रदर्शन गर्दै

२०७४ फाल्गुन १२ गते, शनिबार

काठमाडौ , १२ फागुन । नेपाल कम्युनिष्ट पार्टीले आज पनि संघर्षको कार्यक्रम जारी राखेको छ । नेकपा गिरफ्तार गरिएका आफ्ना नेता तथा कार्यकर्ता रिहाईको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएको छ । शान्तिपूर्ण कार्यक्रममा राज्यबाट भएको दमनको विरोध गर्दै नेकपाले आज काठमाडौ उपत्यकासहित देशभर प्रर्दशनका साथै विरोध कार्यक्रम आयोजना गरेको छ ।
विराटनगरमा गत आइतबार भएको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट्ब्युरो सदस्य पदम राईसहितका नेता कार्यकर्तालाई गिरफ्तार गरेको थियो ।
गिरफ्तारमा परेका नेताहरुविरुद्ध सार्वजनिक मुद्धा लगाएपछि नेकपाले देशव्यापी चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । यसअघि हिजो देशैभर प्रधनामन्त्री केपी शर्मा ओलीको पुत्लादहन तथा विरोध कार्यक्रम आयोजना गरिएको थियो । पूर्वघोषित कार्यक्रम अनुसार आज देशैभर विरोध सभाको आयोजना गरिएको पार्टी प्रवक्ता प्रकाण्डले जानकारी दिए । शान्तिपूर्ण रुपमा कार्यक्रम गर्दा गर्दै पक्राउ परेका आफ्ना नेताहरुलाई तत्काल विनाशर्त रिहाइ नगरे कडा प्रतिकारमा उत्रने नेकपाको चेतावनी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु