नेकपा चितवनद्वारा संगठन विस्तार र सुदृढिकीकारण अभियान सम्पन्न

२०७५ आश्विन १७ गते, बुधबार

काठमाडौं, १७ असोज । नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला समितिले डेढ महिने ‘संगठन सृदृढिकीकरण र विस्तार अभियान’ सम्पन्न गरेको छ । भदौ १ गतेबाट शुरु भई असोज १५ गतेसम्म चलेको उक्त अभियानले सरकारले नेपाल कम्युनिस्ट पार्टीबारे जनतामामाझ् फैलाएको भ्रम र दुष्प्रचार चिर्न सफल भएको नेकपा चितवनले जनाएको छ ।
देशकै महत्वपूर्ण र सामरिक महत्वका जिल्ला चितवनमा सरकार र प्रशासनले नेकपालाई बद्नाम र कमजोर बनाउन सरकारले ठूलै भ्रमको खेती चलाइएको पाइएको भन्दै त्यसलाई जनताका घरघरमा पुगेर भत्काउन डेढ महिने अभियान सफल भएको जानकारी नेकपा चितवन ईन्चार्ज लालबहादुर बीसीले मिर्मिरे अनलाइनलाई दिएका छन् ।
उनका अनुसार जिल्लाले ११ देखि १७ जनासम्म रहने गरी ११ वटा टोली बनाएर अभियानमा खटाइएको थियो । सबै टोलीले भव्य र शानदार रुपमा अभियान चलाएर पूरा गरेको बताए । अभियानका क्रममा भित्ता लेखन, पर्चा वितरण, पोष्टरिङ, अन्तरक्रिया, जनयुद्धका सहिद तथा बेपत्ता परिवारसँग भेटघाट, सर्वसाधारण, किसान र सबै वर्गका नागरिकसँग कोण र पिंढी सभालगायत जनजागरणका कार्यक्रम सम्पन्न गरेका छन् । अभियानकर्मीहरुले जनतासँग श्रमदान पनि गरियो ।
अभियानमा स्वास्थ्य शिविर तथा जनसेवा कार्यक्रम समेत गरे । राप्ती नगरपालिका स्वामीटारमा संचालन गरिएको स्वास्थ्य शिविरमा ३ सय ५० जनाले सेवा लिएका थिए । अभियान अवधिमा चितवनले वटा पार्टी सेल निर्माण संख्या ४ सय १७ पुर्याएको जानकारी ईन्चार्ज बिसीले जानकारी दिए । यसअघि सेल कमिटी २ सय ३७ मात्र थिए ।
दलाल संसदीय सरकारले निरन्तर चलाइरहेको नेकपाविरुद्धका दुष्प्रचार र नेता, पार्टी नेतृत्वबारे फैलाइएको गलत प्रचारलाई चिरेर दलाल सरकारबारे पार्टीले लिएको वैज्ञानिक समाजवादी राज्यसत्ताबारे जनतालाई घरदैलोमै पुगेर वैचारिक र सैद्धान्तिक ज्ञान मिहीन रुपमा दिन र बुझाउन सफल भएको उनको भनाई छ । उनले यसबाट पार्टीलाई थप उचाईमा पुर्याउन, एकतावद्ध भएर अगाडि बढ्न र नेतृत्वप्रति विश्वास बढाएको दावा गरे । जनतासँगको घुलमिल र अन्तरसंवादले पार्टीको आन्तरिक पंक्तिलाई थप जुझारु बन्न उर्जा मिलेको विश्वास नेकपा नेताहरुको छ । सरकारले लिएको दलाल संसदीय व्यवस्था किन खराब छ ? भन्नेबारे अभियानले जनतालाई प्रष्ट पार्ने काम गरेको बताए । अभियानमापछि देश र जनताको विकास र समृद्धि साथै पूर्ण अधिकार प्राप्तिको लागि वैज्ञानिक समाजवाद निर्विल्प रहेको मत जनता ह्वात्तै बढेको अभियानकर्मीहरुको विश्वास छ ।
यसैबीच ईलाका नम्बर ३ का ईच्चार्ज भिजनले जिल्लाको ७ वटा वडा क्षेत्रभित्र नेकपाको लक्ष्य र विचारबारे जनतालाई प्रष्ट पार्न र सरकारको दलाली, भ्रष्टचार, कालाबजारिया, राष्ट्रघात, घुसखोर र तस्कर अनि बलात्कारीलाई संरक्षणबारे भण्डाफोर गर्न अभियानले ठूलो सफलता हासिल गरेको बताए ।
अभियान उनको नेतृत्व क्षेत्रमा अभियान पर्वतीपुर, कृष्णनथर, नयाँ बस्ती, पर्सा, मेघौली, जीतपुरलगायत स्थानमा व्यापक बनाइएको थियो । चिवतन नेकपाको बाक्लो प्रभाव भएको क्षेत्र मानिन्छ । प्रहरी प्रशासनको चर्को दमनबीच अभियान सफल बनाएको भन्दै सबै टोली र टोलीमा खटिएका सम्पूर्ण अभियानकर्मीहरुलाई धन्यवाद ईन्चार्ज बीसीले दिएका छन् ।
अभियानका क्रममा जनताले सरकार स्थानीय तहले गरेको वृद्धि कर र भ्रष्टचार श्रृंखला साथै हत्या–हिंसा र बलात्कार श्रृंखलालाई रोक्न नसकेको भन्दै आफूहरुले वैकल्पिक शक्ति खोजिरहेको बेला नेकपा आइपुगेको भन्दै खुशी व्यक्त गरेका थिए । तर जनयुद्धको नेतृत्व गरेका प्रचण्ड उनैले त्यसबेला दुत्कारेका संसदीय व्यवस्थामा छिरेर क्रान्तिकारीहरुमाथि दमन, गिरफ्तार, झुठा मुद्दा र नेताहरुलाई हत्कडी लगाएको देख्नुपर्दा आफूहरुलाई लाज र घृणा लागेको सभागीहरुले धारणा राखेका थिए । साथै सरकारले हालै पेट्रोलियम पदार्थ र सवारीसाधन भाडामा वृद्धिले नागरिकलाई चरम आक्रोश पैदा गराएको नेताहरुले बताए ।
भेटघाटमा स्थानीयले ‘प्रचण्ड–बाबुराम र बादलले जसरी धोका नदिनु हामी मरेर साथ दिन्छौं’ भनेर नेकपाले अगाडि सारेको एकीकृत जनक्रान्तिप्रति प्रविद्धता व्यक्त गरेको र वर्तमान सरकार दलाल, तस्कर, भ्रष्टाचार र श्रमचोरहरुको मात्र भएको भन्दै जनताले आक्रोश व्यक्त गरेको बताएका छन् । सांसद चुनेर बन्ने सरकारले देश जनताको हितमा कहिल्यै काम गर्न नसक्ने सभा, छलफलहरुमा सहभागीहरुको निस्कर्ष थियो । देशमा क्रान्ति पूरा हुनुपर्ने बताउँदै कुनैपनि अवस्थामा धोका नदिन नेकपालाई जनताले सुझाव दिएका थिए ।
नेकपाले घोषणा गरेको भदौ १ देखि चार महिने एकीकृत जनजागरिण अभियान अन्तर्गत ‘संगठन विस्तार र सुदृढीकरण अभियान’लाई नेकपा चितवनले दसैं परिस्थितिलाई ध्यान दिँदै डेढ महिनाको निर्धारण गरेर चलाएको थियो । नेकपाले यो अभियान देशको चार वटै कमाण्डमा चलाएको छ ।

प्रतिक्रियाहरु