नेकपा चितवनका जिल्ला ईन्चार्ज गिरफ्तार

२०७४ मंसिर ३ गते, आईतवार

काठमाण्डौ , ३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला ईन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले गिरफ्तार गरेको छ । बिसीलाई भरतपुर महानगरपालिकाको कटहर चोकबाट केहीबेर अघि मात्र गिरफ्तार गरिएको हो । चुनाव खारेज अभियान चलाइरहेका नेकपाका नेता-कार्यकर्तालाई प्रहरीले देशभर गिरफ्तार कार्यलाई तीव्रता दिइरहेको छ । आज दिउँसो १ बजे गिरफ्तार गरिएका बिसीलाई अहिले जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखिएको ढकालले बताए । बीसीको गिरफ्तारीको भत्सर्ना गर्दै बिनासर्त इन्चार्ज बीसीलाई तत्काल रिहाई गर्न नेकपा चितवनले माग गरेको छ । रिहाई नगरे कडा संघर्षको घोषणा गर्ने चेतावनी नेकपा चितवनले जनाएको छ ।

प्रतिक्रियाहरु