नेकपा अन्डरलाईनको केन्द्रीय समितिको पहिलो बैठक बस्दै

२०७५ जेष्ठ १० गते, बिहीबार

काठमाडौं, १० जेठ । नेकपा अन्डरलाईनको केन्द्रीय समितिको पहिलो बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा पार्टीका दुई जना अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम छ । पहिलो बैठक भएकाले केन्द्रीय सदस्यहरुबीच परिचय गर्ने, निर्वाचन आयोगको प्रक्रियाका लागि हस्ताक्षरसहितका कागजात संकलन गर्ने पनि बताइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुलाई अनिवार्य रुपमा नागरिकतासहित उपस्थित हुन सूचना जारी गरिएको छ ।
निर्वाचन आयोगले केन्द्रीस्य सदस्यहरुको नागरिकतासहितको विवरण बुझाउन ताकेता गरेपछि उनीहरुलाई नागरिकतासहित आउन सूचना जारी गरिएको हो । नेकपाले पार्टी एकताकै दिन जेठ ३ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । नेकपाको केन्द्रीय समितिमा ४ सय ४१ जना सदस्य छन् । ६ जनालाई भने स्थायी आमन्त्रित सदस्यका रुपमा बैठकमा बोलाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु