नेकपाले जनजागरण तथा भण्डाफोर अभियान सञ्चालन गर्ने

२०७३ चैत्र ६ गते, आईतवार

काठमाडौं, ६ चैत । नेपाल कम्युनिस्ट पार्टीले देशव्यापीरुपमा जनजागरण तथा भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । सो अभियानअन्तर्गत देशका विभिन्न स्थानमा जनसभा गर्ने कार्यक्रम रहेको छ । जसअन्तर्गत आगमी वैशाख ५ गते महेन्द्रनगर, बुटबल, विराटनगर र जनकपुरमा जनसभा हुनेछ । महेन्द्रनगरमा हुने जनसभालाई प्रवक्ता प्रकाण्ड, बुटबलको जनसभालाई सन्तोष बुढामगर, विराटनगरको जनसभालाई हेमन्तप्रकाश वली ‘सुदर्शन’ र जनकपुरको सभालाई धर्मेन्द्र बास्तोला ‘कञ्चन ’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी, वैशाख ७ गते कैलालीमा हुने जनसभालाई प्रवक्ता प्रकाण्ड, दाङमा हुने जनसभालाई सन्तोष बुढामगर, चितवनमा धर्मेन्द्र बास्तोला, झापामा हेमन्तप्रकाश वलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी, वैशाख ११ गते पोखरामा हुने जनसभालाई प्रवक्ता प्रकाण्ड, सुर्खेतमा सन्तोष बुढा मगर, बनेपामा हेमन्तप्रकाश वलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी, वैशाख १२ गते धौलागिरिमा हुने जनसभालाई प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठकले पार्टीमा लामो समयसम्म काम गरिसकेका अग्रजहरुको व्यवस्थापन र संरक्षणको जिम्मा पार्टीले लिने निर्णय गरेको छ । जसअनुसार पवनलाई आवासको व्यवस्था गरिदिने निर्णय गरेको छ भने असारे काकालगायतका नेताहरुको व्यवस्थापनको जिम्मा पार्टीले लिने भएको छ । यसैगरी, बैठकले पार्टीको कार्यकर्ताहरुको संरक्षण र व्यवस्थापनसम्बन्धी विशेष योजना बनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु