नेकपाले गिरफ्तार नेताहरु तत्काल रिहाइ नगरे सशक्त प्रतिरोध गर्ने

२०७४ चैत्र ६ गते, मंगलवार

काठमाडौं, ६ चैत । नेकपाका केन्द्रीय सदस्य किरण राई, धनकुटा इञ्चार्ज आकाश, सेक्रेटरी नवराज, तेह्रथुम सेक्रेटरी कमला, लिम्बुवान स्वायत्त जनपरिषदका प्रमुख सागर, संखुवासभा इञ्चार्ज दिव्य, सेक्रेटरी समुललाई प्रहरीले गिरफ्तार गरेको छ । अनेकोट स्मृतिसभा मनाउने क्रममा हिले बजारबाट भएको सो गिरफ्तारी प्रति नेकपाको पूर्वी कमाण्डले आपत्ति जनाएको छ । पूर्वी कमाण्डका इञ्चार्ज अनिल विरहीले आज विज्ञप्ति जारी गरी गिरफ्तार नेताहरुको बिना सर्त तत्काल रिहाईको माग गरेका छन् । विरहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘कोशी ब्यूरो इञ्चार्ज तथा केन्द्रीय सदस्य किरण राईसहित सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई तत्काल बिनासर्त रिहाइको माग गर्दछ अन्यथा सशक्त प्रतिरोध गर्न पार्टी बाध्य हुनेछ । ‘ पार्टी कामको सिलसिलामा रहेका आफना नेताकार्यकर्ताहरुलाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै पूर्वी कमाण्ड इञ्चार्ज विरहीले जारी गरेको विज्ञप्ती यस्तो छ –

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु