नेकपामा प्रवेश गर्नेको ओईरो

२०७५ जेष्ठ ३ गते, बिहीबार

काठमाडौं, ३ जेठ । नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेकाे लहर चलेकाे छ । पार्टीले संचालन गरेकाे तीन महिने एकीकृत जनजागरण अभियानमा ट विभिन्न पार्टीबाट नेकपामा प्रवेश गर्नेकाे लहर चलेकाे हो । अभियान क्रममा नेकपाकाे जनसम्वन्धले विभिन्न पार्टीका सयाैं नेता कार्यकर्ताहरू नेकपामा प्रवेश गरेका छन् । यसै क्रममा कर्णाली व्युराेबाट विभिन्न पार्टीबाट साढे पाँच सय नेता कार्यकर्ताहरू नेकपामा प्रवेश गरेका छन् ।
कालिकाेटबाट विभिन्न पार्टीबाट ३ सय २० नेता कार्यकर्ताहरू नेकपामा प्रवेश गरेका छन्। त्यसैगरी जुम्लामा विभिन्न पार्टीबाट १ सय ९५ नेता कार्यकर्ता नेकपामा ध्रुवीकृत भएका छन् ।
यसैगरी मुगुमा विभिन्न पार्टीबाट १ सय २३ नेता कार्यकर्ताहरू नेकपामा प्रवेश गरेका छन् । नेकपाकाे कर्णाली व्युराेद्धारा संचालित एकीकृत जनजागरण अभियानमा नेकपामा एकीकृत हुने ती सबैलार्इ नेकपा कर्णाली व्युराेले पार्टीमा ससम्मान प्रवेश गराएकाे छ । नवप्रवेशीहरूले देशकाे संसदीय व्यवस्थाले जनताकाे जीवन कहिल्यै माथि नउठ्ने भन्दै त्यसका लागि नेकपाले लिएकाे संसदीय व्यवस्थामा अामुल परिवर्तनकाे कार्यक्रम नै समाधानकाे उपयुक्त बाटाे भएकाे बताएका छन् ।

प्रतिक्रियाहरु