नेकपाद्वारा राष्ट्रिय उद्यमीको घाउमा नुनचुक छर्ने सरकार र बैंकहरुको रबैया टुलुटुलु हेरेर नबस्ने उद्घोष

२०७७ असार २९ गते, सोमबार

काठमाडौँ, २९ असार । नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाइरस र बन्दाबन्दीले थला परेका राष्ट्रिय उद्यमी ,व्यवसायी र व्यापारीहरूको घाउमा नुनचुक छर्ने सरकार र बित्तिय बैंकहरुको रबैया पार्टीले टुलुटुलु हेरेर बस्न नसक्ने जनाएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज एक बिज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन् । प्रवक्ता प्रकाण्डले विगत ४ महिनादेखि कोरोना भाइरसको महामारी र त्यसको रोकथामको निम्ति अवलम्बन गरिएको बन्दाबन्दी(Lockdown)बाट संकटग्रस्त बन्न पुगेको नेपाली अर्थतन्त्रको डर लाग्दो मार देशको उद्योग, व्यापार र व्यवसाय क्षेत्रमा पर्न गएको र उत्तर साम्राज्यवादी एवं साम्राज्यवादी एकाधिकार पुंजीको चपेटा, दलाल पुँजीपतिवर्गको शोषण र षड्यन्त्रको निरन्तर शिकार बन्दै आएका राष्ट्रिय उद्यमी, व्यवसायी र व्यापारीहरु मृत्युको मुखमा पुग्न बिबश त थिदै थिए भन्दै यो बेलामा सरकारले जारी गरेको ‘कर असुली फरमान ‘ र बैंकहरुले ब्याज असुल गर्न थोपरेको थप ‘ऋण प्रपञ्च ‘ राष्ट्रिय उद्यमी ,व्यवसायी र व्यापारीहरूको निम्ति थप संकटावस्थाको कारण बन्न गएको बताएका छन । उनले यो आपत्तिजनक र खेदजनक कार्यलाई सरकार र वित्तीय बैंकहरुले तत्काल स्थगित गरी बन्दाबन्दीको अवस्थामा सहुलियत ब्याजदर , व्यापार , व्यवसाय सुचारु भएर पुजी परिचालित हुन थालेपछि कर र ब्याज बुझाउने व्यवस्था गर्न सरकार र वित्तीय बैंकहरूलाई गम्भीर अपील समेत गरेका छन ।
यसैगरी, प्रवक्ता प्रकाण्डले प्राकृतिक प्रकोपमा परेर अकालमा ज्यान गुमाउन पुगेका झण्डै दर्जनौ मृतकहरूप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन । प्रवक्ता प्रकाण्डले दर्जनौंको संख्यामा बेपत्ता भएका जनताको सिघ्र उद्धार तथा वास्तविक अवस्था सार्वजनिक गर्न ,घाइतेहरूको निःशुल्क उचित उपचारको व्यवस्था गर्न, मृतकका आफन्त एवं पीडित जनतालाई पर्याप्त राहतको व्यवस्था गर्न र घरबारविहीन जनताको पुनर्वासको व्यवस्था गर्न सरकारसँग पार्टी जोडदार माग गर्दै
दलाल संसदीय राज्य व्यवस्थाको जनविरोधी चरित्र ,गैरजिम्मेवारीपना र असक्षमताको कारण अव्यवस्थित बस्ती र असुरक्षित आवासमा दैनिक गुजारा चलाउन बिबश आमनेपाली जनतालाई आफै उच्चसतर्कता कायम राख्न आग्रह गर्दै पार्टी नेता र कार्यकर्तालाई पिडित जनताको उद्धार, राहत र जनसेवाको कार्यमा जुट्न विशेष निर्देशन समेत दिएका छन ।
यस बिषयमा प्रवक्ता प्रकाण्डद्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “देश र नेपाली जनता कोरना भाइरसको आक्रमण, आतंक र क्षतिका विरुद्ध जीवनमरणको संघर्ष गरिरहेको बेला गतहप्ताबाट सुरु भएको अभूतपूर्व वर्षाका कारण पहिरो, बाढी र डुबानले सिन्धुपाल्चोक, म्याग्दी ,कास्की, तनहुँ, गुल्मी ,जाजरकोट,कालिकोट, संखुवासभा, चितवन र तराईका जिल्लाहरुलगायत देशव्यापीरुपमा जनधन र भौतिक संरचनाको ठूलो संख्यामा क्षति हुन पुगेको छ । सर्वप्रथम प्राकृतिक प्रकोपमा परेर अकालमा ज्यान गुमाउन पुगेका झण्डै दर्जनौ मृतकहरूप्रति हाम्रो पार्टी गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछ । उहाँका आफन्तजनहरु प्रति हार्दिक समबेदना ब्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । दर्जनौंको संख्यामा बेपत्ता भएका जनताको सिघ्र उद्धार तथा वास्तविक अवस्था सार्वजनिक गर्न ,घाइतेहरूको निःशुल्क उचित उपचारको व्यवस्था गर्न, मृतकका आफन्त एवं पीडित जनतालाई पर्याप्त राहतको व्यवस्था गर्न र घरबारविहीन जनताको पुनर्वासको व्यवस्था गर्न सरकारसँग पार्टी जोडदार माग गर्दछ ।
दलाल संसदीय राज्य व्यवस्थाको जनविरोधी चरित्र ,गैरजिम्मेवारीपना र असक्षमताको कारण अव्यवस्थित बस्ती र असुरक्षित आवासमा दैनिक गुजारा चलाउन बिबश आमनेपाली जनतालाई आफै उच्चसतर्कता कायम राख्न आग्रह गर्दै पार्टी नेता र कार्यकर्तालाई पिडित जनताको उद्धार, राहत र जनसेवाको कार्यमा जुट्न पार्टी विशेष निर्देशन गर्दछ ।
विगत ४ महिनादेखि कोरोना भाइरसको महामारी र त्यसको रोकथामको निम्ति अवलम्बन गरिएको बन्दाबन्दी(Lockdown)बाट संकटग्रस्त बन्न पुगेको नेपाली अर्थतन्त्रको डर लाग्दो मार देशको उद्योग, व्यापार र व्यवसाय क्षेत्रमा पर्न गएको छ । उत्तर साम्राज्यवादी एवं साम्राज्यवादी एकाधिकार पुंजीको चपेटा, दलाल पुँजीपतिवर्गको शोषण र षड्यन्त्रको निरन्तर शिकार बन्दै आएका राष्ट्रिय उद्यमी, व्यवसायी र व्यापारीहरु मृत्युको मुखमा पुग्न बिबश त थिदै थिए । यो बेलामा सरकारले जारी गरेको ‘कर असुली फरमान ‘ र बैंकहरुले ब्याज असुल गर्न थोपरेको थप ‘ऋण प्रपञ्च ‘ राष्ट्रिय उद्यमी ,व्यवसायी र व्यापारीहरूको निम्ति थप संकटावस्थाको कारण बन्न गएको छ । यो आपत्तिजनक र खेदजनक कार्यलाई सरकार र वित्तीय बैंकहरुले तत्काल स्थगित गरी बन्दाबन्दीको अवस्थामा सहुलियत ब्याजदर , व्यापार , व्यवसाय सुचारु भएर पुजी परिचालित हुन थालेपछि कर र ब्याज बुझाउने व्यवस्था गर्न सरकार र वित्तीय बैंकहरूलाई पार्टी गम्भीर अपील गर्दछ । अन्यथा कोरोना भाइरस र बन्दाबन्दीले थला परेका राष्ट्रिय उद्यमी ,व्यवसायी र व्यापारीहरूको घाउमा नुनचुक छर्ने सरकार र बित्तिय बैंकहरुको रबैया पार्टीले टुलुटुलु हेरेर बस्न नसक्ने कुरा समेत समयमै अवगत गराउँदछ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु