नेकपाद्वारा मदीरा किनबेच गरे कडा कारबाही गर्ने उदघोष

२०७५ जेष्ठ १० गते, बिहीबार

काठमाण्डौ, १० जेठ । नेपाल कम्युनिष्ट पार्टीले कर्णाली क्षेत्रमा मदीरा नियन्त्रणका लागि सुरु गरेको अभियान बिपरित अझै किन बेच भएको पाईएको भन्दै कडा कार्वाहि गर्ने चेतावनी दिएको छ । नेकपा निकट चारवटा जनवर्गिय संगठनले संयुक्त बिज्ञप्ती निकालेर दुई महिना अघि नै कर्णाली अञ्चलमा मदीरा निशेधित क्षेत्र घोषणा गरि अभियान नै चलाईएको प्रष्ठ पार्दै यसको उल्लङघन गर्नेलाई कडा कार्वाहि गर्ने चेतावनी दिएको हो ।
जिल्ला जनपरिषद कालिकोटका प्रमुख विषाखर जैसी, योङ्ग रेड फोर्स कालिकोटका अध्यक्ष सितल बिष्ठ, अ.ने.म.संघ (क्रान्तिकारी)कालिकोटका संयोजक राधिका शाही र दलित मुक्ती मोर्चा कालिकोटका अध्यक्ष सर्पलाल बिकले जारी गरेको संयुक्त बिज्ञप्तीमा मदिरा नियन्त्रणका लागि यसअघि नै अभियान सुरु गरिसकेको र ब्यावसायीहरुलाई पनि जानकारी गराईसकेको जनाईएको छ ।
यसअघि योङ्ग रेड फोर्सले भ्रष्टचार, अनियमिता, अपारदर्शीता र बिकृती बिसंगति तथा मदिरा नियन्त्रणको अभियान सुरु गरेकोमा नेकपाका अन्य जनवर्गिय संगठनले पनि साथ दिएको उनीहरुले जनाएका छन् ।
मदीरा सेवनकै कारण कयौले अकालमा ज्यान गुमाउनु परेको र सामाजिक सम्बन्धहरु बिग्रिनुका साथै धनसम्पति मदिराकै कारण सकेर सडकमा पुगिरहेको अवस्था हुँदा समेत राज्य उदासिन भएकाले आफुहरुले यो अभियान चालाएको पनि चारै संगठनले प्रष्ठ पारेका छन् ।
दैनिक छाक टार्नका लागि घरेलु मदिरा बनाउने जनताको घरघरमा पुगेर पशासनले नष्ट गर्ने गरेको भएपनि आम मदिरा नष्ट गर्ने निती नलिएका कारण आफुहरुले मदीरा अभियान नियन्त्रण अभियान चलाएकाले यसमा सबैलाई साथ दिन आग्रह समेत गरिएको छ । पुरै कर्णाली क्षेत्रमा नै अभियान सुरु भएकाले असहयोग गर्ने तथा उल्लङघन गर्नेहरुलाई कार्वाहि गर्ने र त्यसको जिम्मेवार सम्बन्धीत पक्ष नै हुने पनि चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु