नेकपाद्वारा मदिरा नियन्त्रण अभियान सुरु

२०७५ जेष्ठ ५ गते, शनिबार

काठमाडौं, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टीले मदिरा नियन्त्रण अभियान सुरु गरेको छ । देशभर एकैसाथ अभियानको सुरु गरिइएको नेकपाले जनाएको छ ।अभियानकै क्रममा कर्णाली प्रदेशको कालीकोट जिल्लालाई पनि नेकपाले मदिरामुक्त जिल्ला घोषणा गरेको छ । कालिकोट र दैलेखको सिमाना दैखोलामा मदिराको एक ट्रक नै कब्जामा लिएको छ । सुर्खेतबाट कालीकोट मदिरा लैजाँदै गरेका ट्रक नियन्त्रणमा लिएर १ सय ६० पेटी मदिरा नष्ट गरिएको छ ।
सुर्खेतबाट कालिकोट आउँदै गरेको ना २ ख १५०३ नम्बरको ट्कमा लोड गरिएको १० लाख बढी मुल्यको उक्त मदिरा नेकपाका कार्यकर्ताहरुले कब्जामा लिएर नष्ट गरी खोलामा फालेका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमूख सुबासचन्द्र बोहोराले नेकपाले ट्रकमा भएको मदिरा नष्ट गरेको पुष्टी गरेका छन् । प्रति पेटी २ बोहोराले हजार ७ सय बराबर मुल्य पर्ने खुसी डाईभरजिन ५० पेटी, करीब ७ हजार मुल्य पर्ने १ सय १० पेटी ब्लुडाईमण्ड जिनमा नष्ट गरेको बताएका छन् । बोहराका अनुसार शुक्रबार नेकपाका कार्यकर्ताले ट्रकमा लोड गरेर ल्याउँदै गरिएको मदिरा नष्ट गरेको जानकारी पाएपछि घटनास्थलमा प्रहरी टोली खटाएर विवरण संकलन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी मनीलाल ऐडी ‘रणदिप’ले आफुहरुले कालीकोट जिल्लालाई मदिरामुक्त जिल्ला घोषणा गरेपनि व्यपारीहरुले अटेर गरी मदिरा आयात गरिरहेकाले आफ्नो पार्टीले जफत गरी नष्ट नगरेको बताए । ‘हामीले मदिरा मुक्त जिल्ला बनाउने अभियान थालेका छौं, व्यपारीहरुलाई मदिरा बिक्रि बितरण नगर्न आग्रह गरेका छौं तर, हाम्रो आग्रहलाई अटेर गरी मदिरा बिक्रि बितरण गरिरहे कारबाही गर्छौं’ रणदीपले भने ।

प्रतिक्रियाहरु