नेकपाद्वारा मङ्सिर ८ को तयारी तिब्र,प्रकाण्डले सम्बोधन गर्ने

२०७५ मंसिर २ गते, आईतवार

काठमाडौ, २ मंसिर । नेपाल कम्युनिष्ट पार्टीले मङ्सिर ८ गते गर्न लागेको जनसभा र प्रदर्शनको तयारी तीव्र पारेको छ । जनसभा तयारी उपसमितको बैठकमा पार्टी प्रवक्ता प्रकाण्डले मङ्सिर ८ गतेको जनसभा भव्य हुने बताएका छन । नेकपाले प्रचारप्रसारलाई तीव्र पार्न केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज मिलनको संयोजकत्वमा गुणराज लोहनी, प्रकाश डुम्रे र मोहन खतिवडा रहेको पाँच सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरेको छ । सो समितिको पहिलो बैठक मङ्सिर १ गते शनिबार काठमाडौमा सम्पन्न भएको छ । बैठकमा पार्टी प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य सुदर्शन, पीबीएम अनिल विरहीलगायत नेताहरू उपस्थित थिए ।
बैठकले जनसभाको प्रचारमा भएका वालिङ, पोस्टरिङ, कोणसभा, घरदैलो, अपिललगायत प्रचारको तयारीबारे समीक्षा गरेको क्रान्तिकारी पत्रकार सँगठन नेपालका केन्द्रीय अध्यक्ष एवम् प्रचार समितिका सदस्य प्रकाश डुम्रेले बताएका छन् । बैठकले रेडियो, टेलिभिजन, अनलाइन तथा सामाजिक सञ्जाललाई संयोजन गर्नका लागि ठोस योजना र निर्णय भएको समितिका संयोजक मिलनले बताएका छन् । ८ गतेको कार्यक्रमा नेकपाले देश तथा जनताको नाममा सम्बोधन गर्ने समेत बताईएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रम बारे प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने र अागामि रणनीति बारे ठोस धारण राख्ने महत्त्वपूर्ण कार्यक्रमको रुपमा छलफल भएको पत्रकार सँगठनका अध्यक्ष प्रकाश डुम्रेले बैठक पछि बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु