नेकपाद्वारा भ्रामक र षड्यन्त्रपूर्ण समाचारको खण्डन

२०७६ श्रावण २८ गते, मंगलवार

काठमाडौं , २८ साउन । नेपाल कम्युनिस्ट पार्टीले सुदर्शन , गम्भीर र ध्रुबलगायत नेतालाई कारबाही गरेको भन्ने समाचारहरू सुनियोजित तरिकाले प्रकाशन तथा प्रसारण गरिएको भन्दै त्यस्ता समाचार आफ्नो पार्टीका विरुद्ध जालझेल र षड्यन्त्र भएको स्पष्ट पारेको छ । उसले आफ्नो पार्टी र नेताहरुबिरुद्ध सुनियोजित तरिकाले समाचारहरू प्रकाशन तथा प्रसारण गरिएको भन्दै आपत्ति समेत जनाएको छ ।
नेकपाको केन्द्रीय कार्यालयका तर्फबाट सुशीलले प्रेस विज्ञप्ति जारी गर्दै सरुवा, बढुवा, स्थानान्तरण वा जिम्मेवारी परिवर्तन पार्टी सङ्गठनको सामान्य प्रक्रिया भएको उल्लेख गर्नुका साथै सञ्चारमाध्यममा आएका समाचार गलत र भ्रामक भएको भन्दै पार्टी केन्द्रीय कार्यालयको आधिकारिक धारणा स्पष्ट पारेका छन् । साथै विचार, सङ्गठन र कार्यदिशाबाट अलग भएका बाहेक कसैलाई कारबाही नगरिएको पनि कार्यालय सचिव सुशीलको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु