नेकपाद्वारा निर्वाचन खारेज अभियान सुरु

२०७३ चैत्र १३ गते, आईतवार

काठमाडौं, १३ चैत । नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन खारेज अभियान सुरु गरेको छ । उसले कथित स्थानीय निर्वाचनलाई खारेज गरौं भन्दै देशभर पोष्टर टास्न सुरु गर्दै सो अभियान सुरु गरेको हो । संसदीय व्यवस्थालाई सुदृढ गर्न संसदवादीहरुले स्थानीय निर्वाचन गर्न थालेपछि कम्युनिस्ट पार्टीले यो निर्वाचनलाई कुनै मान्यता नदिने निर्णय गरेसँगै यस्तो पोष्टर बनाएको थियो । कथित स्थानीय निर्वाचनलाई खारेज गरौं, शान्ति, समानता, स्वाधिनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद भन्ने मुल नारा दिएर पोष्टर बनाईएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु