नेकपाद्वारा निर्मलाका लागि न्याय माग्दै प्रदर्शन

२०७५ मंसिर १६ गते, आईतवार

काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या भएको चार महिना बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै आज देशैभर प्रदर्शन गरेको छ । केपी ओली सरकारले बहुमतको आडमा अपराधीलाई लुकाएको आरोप सो पार्टीले लगाएको छ । त्यस क्रममा काठमाडौंको शान्तिवाटिकाबाट शुरु भएको विरोध जुलुस घण्टाघर, शहिदगेट, सुन्धारा हुदै पुनः शान्तिबाटिकामा आएर कोणसभामा परिणत भएको थियो ।
यसैगरी, महेन्द्रनगरमा आयोजित प्रदर्शनपछि आयोजित कोणसभामा महाकाली इञ्चार्ज वीरेन्द्र शाहले निर्मलाको न्यायका लागि सबै पक्षसँग छलफल गरेर दबाबका कार्यक्रम अगाडि ल्याउने बताए । स्थानीय दशरथ चोकबाट निस्किएको ¥याली शहरका विभिन्न स्थानको परिक्रमापछि संविधानचोकमा गएर सभामा परिणत भएको थियो । निर्मला पन्तलाई न्याय दिन दबाब गर्दै ‘सरकार भेटियो न्याय भेटिएन’ भन्ने पोस्टर टाँसिएको थियो । त्यसरी टाँसिएका पोस्टर भने प्रहरीले निकालेका थिए भने पोस्टर टाँस्नेलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु