नेकपाद्वारा घरजग्गा कब्जा

२०७४ जेष्ठ १० गते, बुधबार

काठमाडौं, १० जेठ । नेपाल कम्युनिष्ट पार्टी झापाले घरजग्गा कब्जा गरेको छ । साथै उसले झापामा जनसरकार लागू भएको जिकिर गरेको छ । राजनीतिक दलहरु स्थानीय तह निर्वाचनमा तल्लिन रहेका समयमा नेकपाले धमाधम आफ्नो जनसत्ता स्थापना गर्ने र लागू गर्ने कार्यमा सकृय बनेको छ । यसैक्रममा सो
पार्टीको झापा जिल्लाले गौरादह साविक ८ का इलाइ मियाको घरजग्गा जालझेल गरी अरुकै नाउँमा सेस्ता दर्ता गरेको भन्दै कब्जामा लिइएको जनपरिसद प्रमुख सुमनसिंह पौडेलले बताए । पौडेलले झापामा जिल्ला स्तर र गाउँ–गाउँमा जनसरकार घोसणा गरेर जनताका मुद्दा फछयौट गरिरहेको भन्दै जनसरकार झापाले जनयुद्धको बेला फैसला गरेको निर्णय अहिले पनि जायज रहेको जिकिर गरे ।
जनअदालतको फैसलालाई कार्यन्वयन गर्ने भन्दै गौरादह बजारमा २०४० मा इलाइ मियाको निधन भएको र २०४१ सालमा मियाका नक्कली श्रीमती खडा गरी मियाको घरका कामदार स्थानीय भुपुध्वज कटुवालले बेजिल्ला जग्गा रजिष्टर पास गराएको पौडेलको आरोप छ ।
मियाका नाबालक छोराहरुलाई गाई काटी खाएको झुटो आरोप लगाउँदै प्रहरी लगाएर पटक–पटक दुःख दिएको आरोप लगाएको हो । निज पीडित मिया परिवारलाई जनसरकारले न्याय दिनका निम्ति कटुवालका नाउँमा रहेको घरजग्गा कब्जा गरिएको पौडेलले दावी गरे । करिब ९ करोड मूल्यको जग्गा पछिल्लो चरणमा झापा क्षेत्र नम्बर ६ का सांसद् दीपक कार्कीको नेतृत्वमा विभिन्न कानुनी अडचन देखाएर त्रास देखाउँदै १२ लाख दिएर मिलाउन खोजिएको थियो ।

प्रतिक्रियाहरु